लकडाउन जिन्दगी बाँचिरहेका छौ हामी। तर घाम आफ्नै समयमा झुल्किन्छ, आफ्नै समयमा अस्ताउँछ। चराचुरुङ्गीहरु निर्वाध उडिरहेका छन्। प्रकृति उसैगरि हिमालमा मुस्कुराइ रहेको छ । फूलहरुमा रंग भरिरहेको छ। अनि हावा केही फरक चलेको छैन,ऊ चलिरहेछ आफ्नै गतिमा। यतिबेला मानव मात्रै आफ्नो गतिलाई सिमित गरिरहेको छ। मेरो जिन्दगी पनि यतिबेला घरमा नै सिमीत भएको छ । […]