प्राय एकान्तमा ब्युँझने म, थाहै नपाइ आजभोलि खलबलीको माझमा ब्युँझन थालेछु। किर्तन दिदी जसलाई म किर्तु दिदी भन्छु, उहाँ पनि अस्ति यस्तै भन्दै हुनुहुन्थ्यो। फरक यति थियो उहाँ मन्दिरको भजनहरु सुनेर नेपालमा ब्युँझने, अनि म भने म्यासेन्जर, भाइबर, अनि ईन्स्टाग्रामा आएका म्यासेज र कलहरुको आवाजले अमेरिकामा ब्युँझने। बुवाआमा, श्रीमती, दाजु, दिदी, भिनाजु, मामा, ठूलाबा, काका, […]