माछापुछ्रेको छेउबाट मडारिँदै गएर कालो बादलको ढिक्का कहिले धौलागिरिमा त कहिले निलगिरिमा ठोकिन्थ्याे। डाँडाको टुप्पोबाट निहालिरहँदा पूर्वी चैते बताससँग मिसिएर आएका पानीका थोपाले प्याट्ट हान्दा शरीर झसङ्ग हुन्थ्यो। केही बेरमै पानीले चुर्लुम्म भिजेका दुबोका मुनामा टेक्दै तल झर्नुको मज्जालाई आखिर केले जित्न सक्थ्यो र ! सधैजसो नौलो बिहानी। घरको मिठो सम्झना अनि घामको मिठो स्पर्शसँगै […]