गज्जबका दिनहरु !
समयसँग साँच्चै नै बेखबर हुँदै बितिरहेका छन् मेरा लकडाउनका दिनहरु। गाउँ आए पछि कति गते, कुन बार अनि कुन महिना चलिरहेको छ, केही पत्तो नहुने। आज ममीले “नानी, मसान्त गैसक्यो र?” भन्नुहुँदा पनि उत्तर थिएन मसँग। छेउमा टपरी बुनिरहनु भएकी हजुरआमाले मेरो उत्तरको प्रतिक्षा नगरी सहजै भनिदिनु भयो, ” साँझमा झ्याउकिरी कराउन सुरु गरिसक्यो,पधेँराको मूल …