१९ वर्षमा नफेरिएकाे मेराे गाउँ

एउटा गाउँको सामन्य परिवारमा जन्मिएकी मलाई आफ्नो बाल्यकाल हजुरबुवाआमाकै काखमा बिताउने साैभाग्य मिल्यो। गाउँमा गुणस्तरीय शिक्षाको अभावले सहर सम्मको यात्रा गर्नु पर्यो। पढ्नका लागि सहर गए पनि, मेरो मन मस्तिष्कमा भने गाउँकै आकृति सलबलाउँथ्यो। कहिले शुक्रबार आउँला र गाउँ जान पाइएला भनेर अति उत्सुक हुने म र मेरा भाइका कलिला हातका अौलाहरु आइतबार, सोमबार गर्दै …