आज लकडाउनको नवौ दिन। म आफ्नो जन्मघर भन्दा टाढा, काठमाडौंको डेरामा आफूलाइ कैद गर्न बाध्य छु। दैनिकी पट्यार लाग्दो छ । ट्राभलिङ टु किचन, किचन टु बेड बाहेक अन्त जाने नयाँ ठाउँ छैन। गेटमा हरबखत ताला झुन्डिरहन्छ। गेट बाहिर सानो बजार छ। एकाध पसलहरु बिहान एकझमट खुल्छ्न् । त्यसपछि बन्द। मान्छेको आवातजावत छैन। कुनै होहल्ला […]