आमाको ‘ए कति अबेरसम्म सुतेको हँ’ भन्ने आवाजसंगै, हतपत्त एकछिनमा उठिहाले भनेर कोठाबाट आँखा मिच्दै बाहिर निस्किन्छु । सबेरै एक हुल भँगेराहरुले भर्खरै पालुवा पलाएर हरिया भएका, बतिला लागेका बोटमा खै के के कुरा गरे। योजना बनाए कि के गरे।पछि को कहाँ गए पत्तो भएन। तर उनीहरुले मलाई जगाएर, हर्षित बनाएर गए। प्रकृति कति गतिशिल। […]