मलेसियाको उकाली ओरालीहरुमा
कामको सिलसिलामा म मलेसिया आएको आउँदो अगस्ट ४ तारिखमा ६ वर्ष पुग्छ। म अगस्टको १/२ तारिखमा घरमा जाने आशामा बसेको छु। म यहाँ सुरक्षागार्डको काम गर्दैछु। सुरक्षागार्डलाई न त छुट्टी मिल्ने न त आराम नै मिल्ने। नियमित कामको सास्ती पाएको अवस्थामा लकडाउनले गर्दा ड्युटीमा मलाई केही राहत मिलेको छ । मलेसियामा अहिले देशभर कोभिड-१९ रोगले …