सोचलाई तङ्ग्राउने हो कि?
बिहानै उठ्छु । घरको छतमा रहेको गुलाफसंगै गमलामा अरु फूलहरु पनि ढकमक्क फुलेका छन् । घरसंगै जोडिएको अर्घाखाँची सन्धिखर्क शान्ति बगैचा भित्रका आँपका फूलहरुको बास्ना हावाको झोक्कासंगै म छेउ आइपुग्छ । अनि माथि छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु । त्यो पनि गज्जबसंग पलाउँदै छ । नयाँ पालुवा लाग्दैछ । घर अगाडि हेर्छु छतबाट नराम्रा …