दु:खमा हाँस्न सिकेँ !
आज लकडाउनको पन्ध्रौं दिन पुगिसकेको छ र सरकारले अझ लकडाउन बढाउने निर्णय गरेको छ।कलेज बिदा भएको एक महिना भइसक्याे ।मेरा केही साथी र छिमेकीहरु पनि गाउँ गइसकेका छन। तर हामी भने यही(पोखरा) शहरमा नै छौ। बुबाआमा पनि लकडाउनको कारणले यही घरमै हुनुहुन्छ। दिनभर आमाबुबा अनि अंकल आन्टीहरु मिलेर घरकै काम गर्छाैं। अनि हामी सानो छँदाको …