सम्झना
ओइलाएका फूलहरु , बसन्तमा फुल्दारैछन् पुराना ती यादहरु , मस्तिष्कमा झुल्दारैछन् बिर्सिएका कुराहरु , बिउँझदामा खुल्दारैछन् । यो लकडाउनमा यति फुर्सदिले भइएछ कि पुराना कुराहरु सम्झन थालिसकिएछ। जिन्दगीका अनगिन्ति पाइलाहरु चालिरहँदा केही कुरा यस्ता हुँदारहेछन् कि, मनको कुनै कुनामा जरा गाढेर बसेका हुँदाहेछन् अनि कहिलेकाहीँ झल्याँस्स बनाउँदारहेछन्। गहिरो निन्द्रामा परेको रहेछु झल्याँस्स बिउँझिए। मेरो आँखा …