वुहान र वुताई शान

दैनिक जसो मेसेन्जर खोल्छु र हेर्छु । धेरैमा १५/१६ जना मात्र अनलाइन देखिने आफन्तजन र साथीहरु आजकल ३०/३५ जना, कहिले त ४० जना सम्म पुग्छन्। सबैभन्दा पहिले पोखरा घरतिरका आफन्तहरु कोही अनलाइन छन् कि भनेर हेर्छु । आज माइला दाइलाई देखेँ। उहॉको घर बाबा-आमासंगै जोडिएको छ। बाबा-आमा भाइको परिवारसंगै बस्नु हुन्छ। तर भाइले मेसेन्जर कहिल्यै …