स्वस्थ,व्यस्त मस्त !

हरेक दिन फरक नयाँ जोस र जाँगरको साथ मेरो दैनिकी सुरु हुन्छ। म एउटा ठूलो परिवारमा बसिरहेको छु। यहाँ जीवनमुखी र उत्पादनमुखी शिक्षा घोकाएर हैन गराएर सिकाइन्छ। म खोटाङ जिल्ला रुपाकोट मझुवागढीको शुभद्रा मदन फाउन्डेसनबाट यो डायरी लेखिरहेको छु। डायरी लेख्नु यहाँ हाम्राे दैनिकीभित्रै पर्छ। जीवन सिकाइ रहेछ। सिक्ने र सिकाउने काम कहिले नटुङ्गिने रहेछ।हामी …