हलुङ्गो, हलुङ्गो
लकडाउनका दिनहरु हलुङ्गा छन् । यो समयले हलुङ्गो हुन सिकाएको छ । महामारिको त्रासदीले यतिखेर सारा मानवजातिलाई समयको बन्दी बनाइरहँदा म पनि बन्द भएको छु पर्खालभित्र । अस्तिसम्म खै कहाँ पो पुग्न हो दिनरात दौडिरहने म, बसेको बस्यै छु । वल्लो झ्यालबाट हेर्दा हरिया गहुँबारी देखिन्छ । पल्लो झ्यालमा हिमाल मुस्काइरहेको । आजकल मौसम पनि …