मेराे घरको कौसी

म सधैँ झैँ कौसीमा नै रमाउँछु आजकाल। लगभग ४१ दिन यतादेखि म जतिबेला कौसीमा जान्छु केही न केही नयाँ चिज देख्छु। कहिले पूर्वतिरका हात्तीवन, सेतीपाखा, लाकुरी भञ्याङ्गका दृश्य त कहिले पश्चिमपट्टि देखिने चन्द्रागिरिको चुचुरो र ससाना पहाडका टाकुराहरु। उत्तरदेखि पूर्व पश्चिमसम्मै देखिने दन्तै लहर मिलाइ हाँस्ने हिमश्रृंखलाहरु । सबै यही काैसीबाटै त देखिन्छन्। मलाई हिमाल …