जादुको पटुकी

लकडाउनले मलाई मेरो गाउँमा बिताएका दिनको याद गरायो। सुन्दा अचम्म लाग्छ, म त्यही कठै डाँडाको काखमा हुर्केको छोरा हुँ। बनपाखा, खोलानालासँग मैले धेरै ॠण लिएको छु। मिठा यादहरूको ॠण। मलाई अझै ॠणी बन्ने धोको छ। सानै छँदा मेरी हजुरआमाले आफू घाँस काट्न जाँदा मलाई पनि उपल्लो दारे जंगलमा लैजानु हुन्थ्यो। बाटोमा म हजुरआमाको हात समाउँदै …