राईली दिदी
देश लकडाउनमा फसेको ५० दिन पुग्यो। दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामी संयमित र सजग हुन जरुरी छ। देश लकडाउनमा भएपनि हाम्रो दिमाग लकडाउनमा छैन।दिमागको अनन्त शक्तिलाई पूर्ण प्रयोग गर्न मैले बुझेसम्म अलि कठिन नै कार्य हो। लकडाउनकै प्रसङ्गमा बिगतका कुरा गरौँ। सन १६६५ मा लन्डन शहरमा बुबोनिक प्लेग भन्ने रोगको महामारी फैलियाे। कलेजकाे पढाइ बन्द …