भयकाे लक्ष्मणरेखा

 लकडाउनमा देखेकाे काठमाडाैँकाे कुरा गर्न मन लाग्याे। सधैँ जाम हुने काठमाडौँ उपत्यकाकाे नयाँ रुप देख्न पाए लकडाउनमा। खुल्ला निलो आकाश मुनि खाली बाटाेमा परिणत भएको काठमाडाैँ । लाखौ संख्यामा गुड्ने गाडीहरु अनायसै स्थिर भए।सधैँ धुवा धुलोले अस्तव्यस्त भएका जनावर अनि मान्छेहरूले स्वस्थ श्वास लिन पाए। सधैँ गाडीको अनि मानिसको चापबाट थिचिएका सडकहरुले पनि आनन्दको महशुस गरे …