भित्ताको पनि कान हुन्छ
२५ गते सम्म, ३ गते सम्म, १५ गतेसम्म भन्दा भन्दै लगभग एक महिना बितेको पत्तै भएन।बिहानै उठेर कलेज जाने तयारीमा लाग्ने म आज ६ बजेको alarm राखेर ८ बजे उठ्ने भएकी छु। लकडाउन सुरु हुनु भन्दा अगाडि उब्जेको term paper को चिन्ताले आजभोलि मेरो पछि लाग्न छोडिदिएको छ। लाग्थ्यो त्यो पेपर सकाउन दुई तीन दिन …