शून्य कोठालाई समय

दुर्गम गाउँबाट केही गर्ने आँट बाेकेर काठमाडौँ छिरेको म गाउँले ठिटो! आएको केही समय पछि नै वाध्यता र व्यवस्थाले पछ्याउन थाल्याे! त्यसपछि पढाइको साथसाथै सानो तिनो काम गरी खाने मेरो बाध्यता बन्यो!  सुरु सुरुमा यो नौलो सहर मलाई ज्यादै नै शून्य शून्य लागेको थियो । समय सँगसँगै म पनि चल्दै गएँ। पछि यही सहर हल्का रमाइलो लाग्दै गयाे! र मैले आफ्नो भविष्य पनि कोर्दै गएँ, बिस्तारै बिस्तारै ! 

मलाई लाग्छ जीवनमा पहिलो चोटी यति धेरै समय मैले मेरो सानो शून्य कोठालाई दिन पाएँ! सधैँ रात मात्र विताउन आइपुग्ने मेरो कोठाले अहिले धेरै समयपछि मेराे साथ पाएकाे छ। सधैँ सबेरै उठेर साथीलाई फोन गरी गरी कलेज जानु पर्ने झन्झट पनि छैन। न अफिसमा दुनियाँको गाली घुर्काइ फुर्काइ खानु पर्ने झन्झट। एक हिसावले साह्नै मस्तीको समय पनि थियो भने अर्को तिर केही मिठा सम्झनाको झझल्को पनि ! 

मलाई लाग्छ, यो लकडाउनले मलाई आफ्नै लागि समय दिएकाे छ । सधैँ अरुको लागि मात्र सोच्ने म आज आफूलाई पनि समय छुट्याएको छु! मैले आफूलाई बुझ्ने मौका पाएको छु। सधैँ पढाइकाे काम मात्र हुन्थ्याे भने म आजकल आफूलाई पनि ख्याल राख्ने भएको छु। घर परिवारबाट टाढा भए पनि सबैको अवस्था हेरेर चित्त बुझाएको छु! सधैँ बिहानको सुरुवात कलेजको पढाइबाट हुन्थ्याे भने आजकल चियाको चुस्कीसँगै ध्यान र अभ्यासवाट हुन्छ ! 

आजकल मनका भावनाहरु कागजमा टिपि हाल्ने भएको छु । जीवन परिवर्तनका पाठ सिकाउने खालका पुस्तकहरु खोजी खोजी पढ्ने भाको छु । त्यसैले त आजकल अलिअलि भएता पनि आदर्श र समाज परिवर्तनको कुराहरु बुझ्ने भएको छु! हो आजकाल ममा धेरै परिवर्तन भएको छ ! अबको समय साँच्चि नै मैले समाज सेवामा लाग्ने प्रण गरेको छु। हो, म आफ्नो ठाउँवाट आफूले सकेको अवस्य गर्ने छु!

                

                                                   

One Comment

  1. Nice attempt

Leave a Comment

Your email address will not be published. Required fields are marked *