जिन्दगीमा खुसी हुन सिकेँ

सानै देखि म अलिक धेरै जिस्कने र अरुलाई कसरी हँसाउने भनेर मात्र सोच्थें। अरुलाई खुसी बनाउँदा नै मलाई खुसी मिल्छ। म जब बोल्थे तब हँसाउने कुरा नै बोलिरहेकाे हुन्थे।यस्ताे हँसाउन कहाँ कताबाट कसरी आइरहेको हुन्छ, त्याे मलाई नै थाहा हुन्थेन। म धेरै चुटकिलाहरु सुनाउँथें। जस्तो मान्छेलाई पनि म हँसाउन सक्छु, यो मेरो खुबी नै हाे। स्कुल धेरै चोटी फेर्नु परेर होला मेरा धेरै साथी छन्। म आएको देख्दा पनि साथीहरुको अनुहारमा खुसी देख्थे। मलाई बिर्सिने सायद कमै छन् जस्तो लाग्छ। मलाई लाग्छ एक पलको जिन्दगी मरेर के लानु छ, खुसी भएरै जिउनु पर्छ।

बुवा आमा आफ्नो काममा व्यस्त हुँदा त्यति समय बुवा आमासँग हुन पाएकाे थिएन।म पनि कलेज जाने। धेरै समय साथीहरुसँगै बित्थ्यो। हाम्रो भेट बेलुका थकित भएर मात्रै हुने । बिहानको खानासँगै हुँदैन थियो। संगै खाना खान पनि शनिबारै कुर्नुपर्थ्यो। शनिबारको दिन पनि सरसफाईमा जान्थ्यो। यति धेरै समय सायद मैले मेरो परिवारसँग कहिल्यै बिताएकी थिइनँ। अहिले महसुस हुँदैछ त्यो खुसी, हामी सबैजना घरमा मिलेर काम गर्छौं, आमालाई पनि धेरै सहयोग भएको छ। कहिले छोरीको हातको खान पाउँला भनेर सोच्ने मेरी आमालाई मिठो पकाएर खुवाउने गरेकी छु।

आफूलाई समय दिन थालेको छु। दादासँग आफ्नो कुरा मिल्दा गफ अलिक  बढी हुने गरेको छ। दिदीसंग दिनकै कुरा हुन थालेको छ । भाउजूसँग वर्षमा एकचोटी भेट हुने अहिले एक अर्कासँग छुट्नै गार्हो हुने अवस्था आएको छ । भाउजूले पनि अलिक मलाई बुझ्न थाल्नु भएको छ। मेरो भदैहरुलाई मैले नै हुर्काईरहेको छु जस्तो महसुश भैरहेको छ अहिले। म धेरै समय उनीहरुसँगै बिताउँछु। कहिले खेल्ने, कहिले हसाउने, कहिले रुवाउने कहिले पढाउने गर्छु। एकछिन मलाई घरमा देखेनन् भने खोज्दै हिड्ने भएका छन् । म काठमाडौँ, उनीहरु हेटौडा हुन्थे। यति धेरै समय उनीहरुसँग बिताएकी थिइनँ। सानी छोरी मैले खुवाएको मात्र खान्छे। ठूलीलाई आफै खानुपर्छ भनेर सिकाउने गरेकी छु। साँझ बिहान घरको काम पनि सघाउँछु।हजुरआमालाई  हामी एकचोटी मात्र आउँछौ भन्ने हुन्थ्यो। अहिले उहाँको पुरानो कुराहरु सुन्न पाएकी छु। एकदिन घरमा नहुँदा मेरो न्यास्रो लग्यो भनेर गनगन गर्नु हुन्छ। गाउँमा  LOCKDOWN को खासै प्रभाव छैन।

मान्छेहरु असारे खेतीको तयारीमा छन्। तरकारी बगैचा तिर छ। मान्छेहरु सामाजिक दुरी राखेर भेट्छन्। घरमा भैसी छ, कहिलेकाहीँ रहरले घास काट्न हिड्छु आमासँग। कहिले खोले दिन्छु। मल ल्याउने दाउरा चिर्ने। जंगलमा दाउरा लिन जाने थुप्रै नयाँ काम कुरा गर्दैछु।

यो lockdown  ले  मलाई मेरो परिवारसँग नजिक ल्याएको छ। म खुसी छु। 

“जिन्दगीमा खुसी हुन सिकेँ यही नै मेरो हतियार हो “

Profile Image

Leave a Comment

Your email address will not be published. Required fields are marked *