अचेल फुर्सदमा छु

अहिलेको समयमा पूरा विश्व नै कोरोनाको महामारीबाट आक्रान्त छ। आज हामी बन्दाबन्दीको ६९ औ दिनमा छौ। चारैतिर खुल्ला भएपनि एकान्तवासमा गुम्सिएको महसुस हुन्छ म आफूलाई नै। विश्व नै कोरोनाको कहरबाट ढलमल भइरहेको बेला कतै म आफ्नो पहिचान बनाउन पो सक्दिन कि भनेर मन पिराेलिरहेको हुन्छ। महिनौ अघि देखि आराममा छु तर मन मनै भाैतारिदैँछु। मलाई भोलिको चिन्ताले राति निन्द्रा लाग्न छाडेको नि धेरै भयो।

निम्न वर्गको परिवारको मान्छे म लम्बिदै गरेको लक्डाउनले मन उकुस्मुकुस भएको छ। मनसपटलमा अनेकौ कुरा खेल्न थालेका छन्। लकडाउनले फुर्सदमा छु म अचेल। 

घर परिवारबाट टाढा, बिहान उठ्यो पकायो, खायो कलेज गयो, साँझ आयो असाइन्मेन्ट गर्‍यो, फेरि पकायो खायो। यस्ता थिए मेरा दिनचर्या। ‘मान्छेलाई सपना देखाउने, आङ जिरङ्ग पारिदिने, एकैपल्ट शान्त र उद्धेलित बनाइदिने किताबले नै हो’ हजुरबुवा मलाई यही भन्नुहुन्थ्यो। घरबाट टाढा बसेको पनि आठ बर्ष पूरा भैसकेको थियो। बन्दाबन्दीले गर्दा घरपरिवारसँग बस्ने बातावरण मिलेको छ। ८७ वर्षको हजुरबुवा, त्याे शरीरको जोश, उहाँको कुराहरु, जहानियाँ राणा शासन, पञ्चायत, लोकतन्त्र साथै गणतन्त्र ल्याउनको लागि गरेका संघर्षका गतिबिधिका किस्साहरु सुन्न पाएकी छु। बुवाले १६ वर्ष देखि परिवारको जिम्मा आफ्नो काँधमा बोकेर हिड्दा देखिका उहाँका जिन्दगीका कथाहरु उहाँकै समिपमा बसेर बुझ्न पाएकी छु। ममी पोखरा आउँदा एक रात पनि आमा छोरी बसेर कुरा गर्न नपाएको त्यो न्यास्रोपनलाई आजकाल मेटाउन थालेकी छु। सकेसम्म म भित्रको आफूलाई चिन्न खोजिरहेकी छु। 

सानैबाट कोर्सका किताबहरु भन्दा बाहिरका पुस्तक पढ्न मन पराउने मान्छे म, कलेज हुँदा पनि एउटा न एउटा किताब पढिरहेकै हुन्थे। पौराणिक कथाहरु पढ्ने बढो हुटहुटी थियो मेरो मनमा। पहिला पहिला गीता ‘आईमाई मान्छे’ले पढ्नु हुन्न भनिन्थ्याे रे! त्यही भएर सानो फपुले पनि राति कसैले थाहा नपाउने गरेर पढेकी थिएँ भन्नु हुन्थ्यो।

यो सुन्दा मलाई झनै गीता पढ्ने मोह जागेको थियाे। त्यसैले यही बिचमा मैले गीता पनि पढेँ। त्यति मात्र नभएर मेरो मनमा जरा गाडेर बसेको प्रश्न कुरुक्षेत्रमा भएको लडाईं एउटा महिलाको कारण हो भनेर सानोमा आमाले भन्नु हुन्थ्यो। त्यही कौतुहलता मेटाउनका लागि भए पनि मैले महाभारत पढेँ। गीता र महाभारतको ज्ञान लिएसँगै रामायण पनि पढेँ। मलाई अक्षर र शब्दका जादुगरले तानिरहेको जस्तो लाग्छ। अध्यात्ममा रस बनाउने हो भने ओशोको ‘मे मृत्‍यु सिकाता हुँ,’ त्यो पढ्नुपर्छ भनेर कुनै पत्रकामा पढेकी थिएँ। किताब पढ्नलाई किताब त थिएन। पिडीएफ डाउनलोड गरेर त्यो पनि पढेँ।

Profile Image

सुलाेचना देवकाेटा

स्याङ्जा

One Comment

  1. Samir Paudel

    hello herne katha

Leave a Comment

Your email address will not be published. Required fields are marked *