त्रासभित्रको आश

आज त २ हप्ता नै भएछ घर भित्र एउटै कोठामा बसेको पनि । एक हप्ता ज्वरो र रुघा लागेर ।अर्को हप्ता कोरोनाको त्रासले।                                                  

बाधा अबरोध अनि आरोह अवरोहका बीच माैसम झै बदली बदली आगाडि बढ्ने जिन्दगीका यात्राहरूमा दुःखकष्ट नसही सरल तरिकाले जीवन जीउन गाह्राे हुँदाेरहेछ । सोचे जस्तो कहाँ हुँदाे रहेछ र जीवन । उकाली ओराली डाँडा काँडा भञ्ज्याङ् अनि चौतारीहरु पार गर्दै  हिड्नु पर्दोरहेछ । यात्रामा कहिले हिड्दा हिडदै थकाइ लाग्छ । बस्नलाई चौतारीहरुको साथ सधैं कहाँ पाइन्छ र …………. जीवन यस्तै चल्दैछ ।

जीवनको एउटा पाटो नियती पनि हो।  जुन कुरा हामीले स्वीकार्नु बाहेक अरु विकल्प हुदैन। विरामी हुँदा कोही नजिकै साथै होस् जस्तो जो कोहीलाई लाग्छ । त्यो मानवीय स्वभाब पनि हो । तर त्यो समयमा कोही आफ्नोले पनि कस्तो छ भनेर नसोधी दिँदा पीडा सहन गाह्रो हुँदोरहेछ । समाचार हेर्र्दा कोरोनाले मानिसहरु मरेको त्यो रुवाइ अनि चित्कार काहालिलाग्दो त्यो दृश्य ……………..    देख्दै गाह्राे हुने ।              

मैले आफूलाई त्यही दृष्य र विरामीसंग तुलना गर्ने पुगे । हस्पिटलको त्यो बेडमा  जीवन र मरणको मुखमा आफन्त र आफ्ना नजीकका मान्छेलाई देख्न पनि नपाइ, बिदाइको हात हल्लाउन पनि नपाइ बिदा हुनु परेको सम्झनाले एकाएक मेरा आखाँहरु रसाए ।कल्पनाका ती कारुणिक तस्वीरहरुले झन् असह्य बनायाे………. 

शायद भुकम्पको भन्दा पनि धेरै डर थियो मनमा । त्यो समयमा आफन्त गुमाउनुको पीडा महसुस गरे । पीडा सहन गाह्रो छ । ईटालीको दृश्य हेरे । भयावह छ । यस्तो देख्दा कसकाे मन नरोला र ! यस्ताे समयमा विकल्प थाेरै हुँदो रहेछ । हिजो सम्म आफ्नो शक्ति देखाउने  राष्ट्र पनि आज शब्दहिन भएको छ………           

थाहा छैन भोलि के हुन्छ तर आशा अझै मरेको छैन । कोरोनासँग हाम्रो जीत अबस्य हुनेछ।                      

Profile Image

अमिता राई लिम्बु

ललितपुर

One Comment

  1. karna Shrestha

    मलाई गर्व लाग्यो बहिनी तिम्रो यो सुन्दर रचना देखेर। अझै यस्तै यस्तै रचनाहरु सृजना गर्दै जानु मेरो तर्फबाट शुभकामना !!!!
    साच्चै तिमीले भनेको ठिक हो कि "आशा अझै मरेको छैन, कोरोनासँग हाम्रो जीत अवश्य हुनेछ।" किनभने
    थाहा छ जित्ने छौं एकदिन किनकि हाम्रो पक्षमा सेनाहरुका प्रभु ख्रीष्ट येशू हुनुहुन्छ । परमेश्वोरले तिमीलाई धेरै धेरै आशिष देऊन....!!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *