मनैबाट देखिएका सपनाहरु

१२ कक्षाको बोर्ड परीक्षा नजिकिदै जाँदा सबै कोर्स सक्ने चटारोसँगै परीक्षाको पनि उत्तिकै प्रेसर थियो, विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि। त्यस बेलामा फाट्टफुट्ट कोरोनाको खबर त सुनि राखिएको थियो। तर पनि त्यति धेरै ध्यान गएको थिएन। त्यति चटारोको बिचमा पनि म भने हरेक दिन योजना बनाइरहेको थिएँ। राजधानी बाहिर बस्नुको सानोतिनो समस्या भोगिरहेकै बेला कलेजको …

छात्राबासमा त्रास

बुढानिलकण्ठ स्कुलको छात्रावासमा बसेर कक्षा १२ को तयारी गरिरहेकी थिएँ। चैत्र ५ गते बेलुकाको खाना खान डाइनिङ हलतिर जाँदै गर्दा एस् .ई.ई परीक्षा सर्‍यो रे भन्ने गाइगुइँ हल्ला सुनियो। विद्यालयभित्रकाे ताजा खबर कि सूचना पाटीमा हुन्थ्यो कि त्याे समाचार भोलिपल्टको पत्रिकामा पढ्न पाइन्थ्यो। त्यो रात मैले कसरी खाना खाएँ पत्तै भएन।  भोलि हुने भनिएको एस् …

परदेशबाट छोरीलाई सम्झना

प्यारी छोरी प्रिन्शा, तिमीलाई धेरै धेरै सम्झना र माया छ है। हुन त तिमी यस धर्तीमा पाइला टेकेको ३ महिना पूरा हुन लागेको छ। आजसम्म तिमीले बाबा देख्नु पाएकी छैनाैं। तिम्राे बाबाले पनि तिमीलाई देख्न पाएकाे छैन। यस क्षितिज पारीबाट छोरीलाई धेरै सम्झना त छदै नै छ। तिमीलाई भेट्न छिट्टै घर फर्केने तयारी पनि भइरहेको …

सपनाकाे चित्र

हेर्दा हेर्दै महिना बितिसकेछ। मलाई एउटा मात्रै पिर थियो, त्यो हो एक हप्तासम्म घरबाट बाहिर नै ननिस्कि कसरी बस्ने ! तर बिस्तारै दिनहरु बित्दै गए, कोरोना संक्रमित मानिसहरु पनि बढ्दै गए। सँगै लकडाउन पनि थपिदै गयो। अहिले त कति दिन बिते, आज कुन बार हो भन्ने समेतको पत्तो हुन छाडी सक्यो।  यस लकडाउनले मेरो दैनिकी …

लकडाउनमा ३० वर्ष

कोरोना भाईरसको कारण लकडाउन भएको डेढ महिना पुगिसक्यो।मलाई घरभित्र बस्न अतेस लागिसक्यो। बुवा पनि त्यसै भन्नुहुन्छ।भाइ पनि छट्पटिएर झ्याल बाहिर हेरेकाे हेरेकै गर्छ। मेरी आमा भने खुसी खुसी देख्छु। लकडाउन हुनु अघि जीवन सामान्य लाग्दथ्यो मलाई मेरी आमालाई चाहिँ लकडाउन पछि बल्ल जीवन सामान्य लागेको छ अरे ! बुवा,म र भाइ सबै जागिरे। बिहान उठ्नासाथ …

साँझमा हेर्ने कथा

म सुप्रिया चाम्लिङ, हाल बिज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनत छु। खासै लेख्न नजानेता पनि सानैदेखि आफ्नो दैनिकी अनि मनमा लागेका कुराहरु आफ्नो सानो डायरीमा अटाउने गर्थे। तर बिस्तारै पढाइ र अन्य कुरामा व्यस्त भएर केही कोर्न भ्याएकी थिइन। तर हालको देशव्यापी लकडाउनको अवस्था र संचालन हुन लागेको बार्षिक परीक्षा स्थगित भएको कारण पुन: …

भाउअ !

‘भाउअ, खै के के हो के के भाईरस आको छ रे त्यहाँ त, घर आइजा न त।’ आमाले एका बिहानै फोन गरेर अस्ति नै भन्नु भएको थियो। त्यो बेला लकडाउन सुरु भैसकेको थिएन। गाडी, प्लेन सबै चलिरहेकै थिए । मैले मन मनै हिसाब गरे, यहाँबाट नेपालगन्ज वा सुर्खेत सम्मको गाडी भाडा १२०० देखि १५००, बाटोमा …

सिन्कीकाे झाेल

गाउँमा पालुवाका पात र पाकेका काफलले सम्झदै होलान् मलाई ।सम्झिन त म पनि सम्झिन्छु नि तर बिपतमा अड्किदा  प्रकृतिसँग आमने-सामले हुने मौका गुमाएँ कि मैले ? आफूले आफैलाई प्रश्न ताक्दै टोलाइरहन्छु|| लकडाउनको पालना बङ्गलामुखी ललितपुरको एउटा गल्ली घरको पहिलो तलामा बसेर हुँदैछ। गाउँ जान कम्मर कस्दा-कस्दै महँगी र समस्याले थलिएको सहरमै अड्किन पुगें। अपाङ्गताको क्षेत्रमा …

यतै अड्किए..

के भनेर सुरु गरुँ !  एक महिना भन्दा बढी भइसक्यो कोठामा बसेको पनि अब त। घर जानको लागि भनेर काम छोडेकाे थिएँ। तर खै! कस्तो समय पर्‍यो! मेरो क्यान्सिलेसन पेपर र पासपाेर्ट  म सम्म नआइपुग्दै सबै तिर यस्तो महामारी फैलियो। म अलपत्र परेँ। नेपालको एयरपोर्ट पनि बन्द भयो । यताको पनि बन्द भयो । दिन …

मकै पोल्ने आमालाई एउटा पत्र

प्यारी आमा, सादर ढोग तथा नमस्कार ! आराम छु, आरामको कामना गर्दछु । तर मलाई लाग्दै छ, तपाईंलाई मनमा एकरती पनि आराम छैन । लकडाउनले गर्दा मकै पोलेर बेच्न नपाएपछि तपाईंलाई हातमुख जोर्न मुस्किल हुँदै गएको होला। तपाईंले वर्षौदेखि मकै पोल्ने रानीबारीकाे उकालो अहिले सुनसान छ। बिहान बेलुकी तपाईं पनि त्यो सन्नाटा हेर्न आउनु भएकै …

उफ् जिन्दगी !

भनिन्छ जिन्दगीमा केही गर्ने, केही बन्ने, सपना सबैले देखेको हुन्छ। तर ती सपनाहरू कति पूरा हुन्छन्, त कति हुँदैनन् ।त्यस्तै मैले पनि जिन्दगीमा केही बन्ने र बनाउने सपनाहरु सजाएको थिए। के ती सपनाहरू पूरा होलान् ??     सामन्यतया सपनाहरू ढिलो चाडो पूरा हुँदै जान्छन् भन्ने आश हुन्छ, हुन्थ्यो। तर अहिलेको अवस्थामा मेरो सपनालाई अन्न्योलमा पारिदिएको छ। कोरोनाले गर्दा ज्युँदो रहुँला या नरहुँला ! रहे …

निकुञ्जकाे लकडाउन

हिजोआजको बिहानी सँधैको भन्दा भिन्न छ । सँधै सवारी साधनको चर्काे हर्नले बिउँझिने म आज चराचुरुङ्गीकाे मिठो चिरबिरले बिउझिएँ। लकडाउनले गर्दा सवारी साधनको आवाज स्वाट्टै कम भएपछि यहाँ विहानीपख मयूर, ढुकुर, चिबे, सुगाहरुले चिरबिर गरेकाे खुब सुन्न पाइन्छ। आफ्नै कार्यालय वरिपरि नै मयुरकाे नाच, गैँडा, चित्तल, रतुवाकाे चरण हेरेर मन आनन्दित भएर आउँछ । याे …

तङ्ग्रिएकाे घरगाउँ

लामो समय भयो  लकडाउनले घेरेको अनि काेराेनाले विश्वलाई बिक्षिप्त बनाएकाे। आनन्दी मनले बस्ने दिन कहिले आउँला? शुभ समाचार सुन्ने दिन कहिले आउँला? आजकाल हरेक दिन अनुहार किताबमै जाेतेरै बित्छ । साथीभाइसँग चिया अड्डामा भेट नगरेको र तातो चियासँगै मिठा मिठा गफ नगरेको पनि हप्तौ भैइसक्यो । अहिले  मानिसहरुलाई आ-आफ्नै गाउँ जान पाए भन्नेमात्रै भएकाे छ। …

कास हिँडेरै पुग्ने गन्तव्य हुँदाे हाे…..

काेराेना कहरको बेला याे विरानाे सहरबाट तपाईं सम्पूर्णमा नमस्कार। विश्वकै शक्तिशाली अनि विकसित राष्ट्रमा पाइला टेक्न पाएँ भनेर जिन्दगीमा कहिल्यै फुर्किनँ। हाे, याे पक्का सत्य हाे। प्रवासी भएदेखि परिस्थितिले मानिसलाई दासी बनाउँछ भन्ने कुरा यकिनमा परिणत भएकाे छ। जीवन संघर्षमय हुन्छ भनेर सबैलाई भने पनि संघर्ष गरेर कहिल्यै नहारेका ती विगतहरु वास्तवमै आ…हा थिए। अहिले …

दाजुकाे माया

हेर्ने कथा हेर्दै जाँदा  आँखा टिलपिल बग्ने आँशुले बताउँछ कि दु:ख र सङ्घर्षकाे असली मतलब। दिन बित्दै जाँदा र रात छिप्पिदै जाँदा अनेकौं सिकायत रहन्छ जिन्दगीसँग र जिन्दगी दिनेवालासँग। हरेक ब्यक्ति आफ्नै सेराेफेराेमा अल्झिरहेकाे हुन्छ।कसैलाई म:म, चाउमिन खान नपाएर टेनसन छ त कसैलाई दुई छाक खाना खान नपाएर। समस्य आफ्नै ठूलाे लाग्छ। लकडाउन डायरी लेख्न …

घरधन्दामा म

सरकारले कोरना भाइरस सङ्क्रमण रोकथामको लागि भन्दै जारी गरेको लकडाउन भन्दा एक हप्ता अगावै मेरो कलेज छुट्टि भएको थियो। त्यो हप्ता बिदा हुनु मेरो लागि ईश्वरसँग मागेको वरदान जस्तै भएको थियो। किनकि त्यही हप्ता मेरो आमाको भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने मिति तय भएको थियो। म कसरी त्यो समयमा विद्यालयको पढाइलाई व्यवस्थित …

ठूलाबाकाे मास्क

मेरो गाउँ बिदुर ७- सोले नुवाकोट हो । आजकाल बिहानै उठेर आँखा मिचि मिचि बिहानी कक्षा कुद्ने भाइबहिनी, गुरुहरु भेटिदैनन् मेरो गाउँमा। लौन !बिहानको १० बजिसक्यो। अफिस पुग्नै पर्छ नभए हिजो झैँ हाकिमले झपार्छन् भन्ने कर्मचारी दाजु, भाउजु, आजभोलि उठ्न हतार गर्नुहुँदैन। लाग्छ समयले पनि धेरै माइलको यात्रापछि केही समयको निम्ति बिश्राम लिएको छ। गाउँघरमा …

पिँजडाकाे घर

बिगत चार हप्ता देखीको लकडाउनले गर्दा खाने, बस्ने,सुत्ने मात्र भएको छ दिनचर्या। बिहान अलि अबेर उठ्ने बानी परेको छ तर बिहान सबेरै निन्द्रा खुल्यो, मनमा अनौठो उकुसमुकुस भयो। अनेक थरीका बिचारहरु मनमा खेलिरह्यो ।   आलस्य हुँदै बेडबाट उठे… किचनमा गएर तातो ब्ल्याक कफी बनाए। अनि सरासर कोठासँगैको खुला बाल्कोनीमा बसे । बाल्कोनीमा रहेका ५-७ जोडी …

उल्टो समय

लकडाउन भएको आज १ महिना ३ दिन भयो। सुरुवातमा आत्तिएका हामीलाई धैर्यवान बन्न सिकायो। जब मानिसलाई विपद पर्छ सामना गर्नुको विकल्प पनि नहुँदो रहेछ। यद्यपि कोरोना चाडै विश्वबाट निर्मुल हुन्छ र हाम्रो दैनिकी सामान्य हुन्छ भन्नेमा विश्वस्त छौ। कामना गरिरहेका छौ।यस्तो विपतको दिन आउँला भनेर कसैले कल्पना समेत गरेको थिएन। मानिस कठिन परिस्थितिको सामना गर्न …

अब के गरूँ !

खै! कहाँबाट सुरु गरूँ, आफ्नो मनको व्यथा। मन भरी सपनाको पोको बोकेर परदेश हिडेँको थिएँ। त्यति ठूलो सपना पनि होइन, थोरै खुसी, थोरै सुख, बुवा आमालाई दिन सकुँ।   परदेश हिडेँको पनि आज १८ महिना भएछ। मेरो बिदेश साउदी। खडीमुलुक भनेर चिन्ने गर्छन् हाम्रो नेपाल तिर.. है. ? खाडि नै सही, मलाई के फरक पर्छ र …

आशाहरुकाे डायरी

     – बर्षौँ भयो मैले आशाहरु जगाउँदै गरेको , जब दु:ख पर्छ आशाहरु जगाउँछु,जब सुखको अनुभूति गर्छु आशाहरु जगाउँछु।प्रत्येक दिन एउटा न एउटा नयाँ आशा जाग्ने क्रम रुकेको छैन। बर्षौं अघिदेखि जगाएका आशाहरु कल्पनाको बाकस भित्र कहिल्यै नसड्ने गरि र कहिल्यै नहराउने गरि थन्क्याएर राखेको छु। कुनै दिन त पूरा हुन्छन् कि भनेर …….सायद मेरा मात्रै …

देखेका र दुखेका कुरा

लेखनशैली र शब्दहरुको मिलन राम्रो नभएपनि दैनिकी र मनोभाव भरिएका डायरी र आत्मालोचना भरिएका पानाहरु धेरै छन् जीवनमा। हो, आज पनि त्यस्तै देखेका र दुखेका कुराहरुलाई लेखमा समावेश गर्ने जमर्को गरेकी छु। लकडाउनले हुनेखानेलाई त सहज नै भएको होला वा भनौं यसकाे प्रभाव कम नै भोग्नु परेको होला । लामो समयपछिको पारिवारिक भेटघाट,परिवारसँग समय ब्यतित …

भित्ताको पनि कान हुन्छ

२५ गते सम्म, ३ गते सम्म, १५ गतेसम्म भन्दा भन्दै लगभग एक महिना बितेको पत्तै भएन।बिहानै उठेर कलेज जाने तयारीमा लाग्ने म आज ६ बजेको alarm राखेर ८ बजे उठ्ने भएकी छु। लकडाउन सुरु हुनु भन्दा अगाडि उब्जेको term paper को चिन्ताले आजभोलि मेरो पछि लाग्न छोडिदिएको छ। लाग्थ्यो त्यो पेपर सकाउन दुई तीन दिन …

लकडाउनले सरेको मेरो एस.इ.इ

दिक्क लाग्थ्यो मलाई पहिला आफ्नो जिन्दगी देखेर। न त मैले आमाबुवाको लागि समय छुट्याउन पाएकी थिए न आमा बुवाले नै मेरो लागि।म आफ्नो पढाइको धुनमा बिहान ६ देखि बेलुका छ बजेसम्म विद्यालयमा व्यस्त रहन्थे। अनि आमाबुवा पनि हामीलाई शिक्षा दिन र हाम्रा आवश्यकतालाई पूरा गर्नका लागि अफिस र काममा व्यस्त हुनु हुन्थ्यो।  साँच्चै धेरै धेरै …