तारा झैँ छरपष्ट सपना
भोका पेट!!अक्सर यी रातहरुमा म एक्लै हुनेगर्छु! कथा सुनिदिने, सुनाउने मान्छे नि छैन। जसोतसो दिन त यतिकै बित्छ, तर रात? रात एकदम कष्टकर, सुतौँ निद्रा लाग्दैन, नसुतौँ अनेकौं प्रश्नले सताउँछ। यी रातमा मुख भन्दा बढी आँखा र मन बोल्ने रहेछन्।पीडाको सागरबाट बगेर पनि यही सिरानीमा सकिन्छ। सुने पनि नसुने पनि यहीँ चार भित्ता हुन्, कान …