न्युयोर्कमा १८ दिन

‘कोरोना’ शब्दले नै अहिले मन जिरिङ्ग हुन्छ । एकदिन साथीले चीनमा त नयाँ रोग आएछ भन्दा खासै वास्ता भएन । कोरियामा लाग्यो । फेरि पनि सुनेको नसुनै  गरे। अनि इटाली हुँदै अमेरिका छिरेपछि बल्ल झस्किए । तैपनि संसारको शक्तिशाली मध्यको एक देश, कोरोनासंग त लडिहाल्छ नि भन्ने ठानेर सँधैझैँ काममा गइयाे ।  तर के थाहा …

अष्ट्रेलियाबाट

प्रिय हेर्ने कथा, यो डायरी केबल तिम्रै लागी। लेखक त म होइन आजकल। लेख्ने त म त्यतिबेला गर्थें, जतिबेला जिन्दगी सिधा बाटोमा थियो। जिन्दगीको व्याकरणमा ह्रस्व दिर्घ बिग्रिएरै जिन्दगीले यो बाटो तय गर्यो। हुनत अस्ट्रेलिया सपनाको देश हो। नेपालमा कतिका बा-आमा छोराछोरीलाइ यता पठाएरै ठूलो नाक बनाइरहेका हुन्छन्। कोभिड-१९ ले बिश्व तर्सिरहँदा अष्ट्रेलियालाई नि आच्छुआच्छु बनाइरहेको …

केही सम्झना, केही सपना

खै ! कस्ले पो हो, कोराेनाको आतंकबारे गाउँमा मेरी आमालाई पनि खबर सुनाइदिएछन्। खबर सुन्ने बित्तिक्कै आमाले मोबाईल निकालेर मलाई फोन गरिन् : संवाद म: आमा ढोँग गरे । आमा: भाग्यमानी छोरा । तँ जतिसक्दो चाँडो घर आइपुग् । त्यहाँ त कुन्नि के कोराेना भाइरसको माहामारी छ रे। मान्छेहरु मर्दैछन् रे। मलाई साह्रै चिन्ता पर्याे।  …

कोठाभित्रै बिहानी र साँझ

जिन्दगी एकदम व्यस्त थियो । आफन्त अनि साथीभाइहरुको सधै एकै गुनासो थियाे – ‘तँ बिजी का बिजी नै हुन्छेस् । न तँलाई हाम्रो फोन उठाउने फुर्सद हुन्छ न त कल व्याक गर्ने नै । हुन त पैसा कमाउन लागेको मान्छे न परिस्, त्यस्तै हो ।’ मेराे समय र व्यस्तताका कारण मेरा आफन्त र साथीभाइबाट मैले …

शान्त रियाद एयरपोर्ट

धेरै साथीहरूले लेख्नु भएको दैनिकी देख्दा मलाई पनि नलेखी रहन मनले दिएन । त्यसैले लेख्दैछु । मध्यपूर्वका खाडी देशमा समय बिताएका लगभग डेढ दशक हुन लाग्यो। कुनै दिन हातको  छेको लगाउदै ,आकाशबाट आएको आवाज पच्छाउदै हवाईजहाज हेर्ने म, यिनै हवाईजहाजहरु को सामिप्यतामा काम गर्न लागेको यत्रो समय सम्म मेरो मनको कुनै पनि कुनामा यी कुरा …

अत्यास लगाउने झुटा खबर

हुन त  म नेपालको लकडाउनमा छुइनँ । तर यो कतारमा पनि बस्न साह्रै गाह्राे भइसक्यो । दिनका दिन ५० जना भन्दा धेरैलाई पोजेटिभ देखिन्छ । दिनभरि ८ घण्टा काम गरेर आयो अनि मोबाईलमा खवर हेर्दा मनै दुख्छ । महिनाभरि दुःख गरेर कमाएको पैसा पठायो, नेपालमा रिसिभ गर्ने वातावरण छैन । अनि अहिले त कत्ति झुटा …

बिथोलिएको प्रवासी मन

कतार , मध्यपूर्वी खाडी मुलुक समृद्धी र बिकासमा धेरै अघि बढिसकेको, अनि लाखाैं नेपालीहरुको रोजगारीको गन्तव्य पनि कोरोनाबाट प्रताडित छ । यहाँ म जस्ता लाखाै युवाहरु घरपरिवार, आफन्त र आफ्नै चिन्ताले ग्रसित छाैं । नेपालमा कस्तो होला? यहाँ कस्तो हुनेहोला भन्ने दोहोरो चिन्तामा छाैं । धेरै प्रवासीहरु सावधानी र चिन्तामै आफ्नो नियमित काममा जान बाध्य …

बेफुर्सदी मान्छेहरु

विहानैदेखि विभिन्न शैक्षिक, सामाजिक र पेसागत कर्ममा साँझसम्म सल्बलाउने, यी पाइलाहरु अहिले अदृष्य बन्धनमा बाँधिएका छन् । प्राय यी दिनहरु सामाजिक संजालमा विभिन्न सकारात्मक सन्देशहरु लेख्दै, प्रेरणादायी कुराहरु सुन्दै  र केही हेर्ने कथाका भागहरु दोहोर्याउँदै बिताइरहेको छु । सामाजिक कार्यमा रुची राख्ने भएकाले बितेका दुई तीन दिन म जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेष सावधानी अपनाएर …

ईन्डियाबाट खबर

आँसुले भरिएका ती कोमल नयनहरु मेरो बाटो हेरि रहेका होलान् । धेरै कमाउने अनि ती तिम्रा सपनाहरु पुरा गर्न एउटा सोच लिएर धेरै टाढा आएको छु । जाने मन त कस्को पो हुन्छर आमा बाबाको साथ अनि आफूलाईभन्दा बढी माया गर्ने मायालु लाई छाेडेर । तर बाध्यतामा बाँधिदा आज सबै बाट टाढा छु । परदेशी भएसि …

सेताम्य बोटहरु र माहुरीका झुण्ड

चैत महिनाको रापिलो घाम। गाउँ सुनसान  छ। उसै त गाउँका पाताला बस्ती । चैते घामलाई चुनौती दिएर रुखविरुवाहरु अंकुराउँदै छन्। झरेका पातहरु बिस्तारै पलाउँदै छन्, हुर्कने बढ्ने सपना बोकेर । घर वरिपरिका सुन्तला र जुनारका बोटहरु अहिले सेताम्य बनेका छन् । सरर…. हावा चल्दा निस्कने मिठासपूर्ण वासनाले मन थामिनसक्नु पार्छ । अनि ती बोटहरुमा झुम्मिरहने …

जिन्दगीको माया

लकडाउनमा बसेर डिजिटल डिभाईसहरुमा  चर्चित व्यक्ति, साहित्यकारहरुको लकडाउन डायरी पढिरहँदा मलाई पनि यो बसाईको डायरी लेख्न मन लाग्यो तर मैले कहिल्यै डायरी लेखेको छैन। हुन त यो डायरीमा मैले पनि हाल म बाँचिरहेको समय नै लेख्ने हो। अहिले म बाँचेको समय र अरुले बाँचेको समयमा त्यति ठूलो फरक छैन। उही त हो कोरोना संक्रमण,लकडाउन उही दिनचर्या। …

बाँच्नु ठूलो कुरा रहेछ

नेपाल सरकारको नेपालका सबै नाका सहित देश नै लकडाउन गर्ने निर्णयसँगै मैले पनि मेरो दैनिक कार्यक्रममा लकडाउन गरे ।  लकडाउनसंगै मेरो  दैनिकी चार भित्ताको एउटा कोठा भित्र खुम्चियाे। कोठा भित्रकाे मेरा दैनिकी अरु दिनभन्दा फरक थिए।  सुरुको एक दिन त मैले अब के गर्ने,  के नगर्ने भनेर छुट्टाउनै सकिन। त्यो दिन बिताउन साह्रै गाह्राे पनि …

लकडाउन बुझाउँदै

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको आज पहिलो दिन हो । म म्याग्दीको स्वयंसेवक समूहमा पनि आवद्ध छु । यसमा प्रहरी र स्थानीय युवा संलग्न छाै । सवेरै नै स्वयंसेवक परिचालन तथा लक डाउनको पालनाबारे सचेतनाकोे लागि हाम्रो टोली बेनी नगरपालिका तथा जिल्लाको सिमानामा गयाै ।आजको मुख्य काम लकडाउन …

भाग्यमानी म

मलाई लकडाउनको शाब्दिक अर्थ थाहा भए पनि मैले महसुस चाहिँ गरेको छैन किनभने म बिद्यार्थी हुँ । घरमै बसेर अध्ययन गर्नै पर्ने स्थिति छ मेरो। मैले लकडाउन महसुस गर्नु परेको छैन, यस अर्थमा म आफैलाई  भाग्यमानी ठान्दछु। म ज्यानको प्रवाह नगरी आफ्नो देश छिर्नका लागि नदिमा हाम फाल्ने नेपाली भन्दा भाग्यमानी रहेछु । अझ दैनिक …

सोचलाई तङ्ग्राउने हो कि?

बिहानै उठ्छु । घरको छतमा रहेको गुलाफसंगै गमलामा अरु फूलहरु पनि ढकमक्क फुलेका छन् । घरसंगै जोडिएको अर्घाखाँची सन्धिखर्क शान्ति बगैचा भित्रका आँपका फूलहरुको बास्ना हावाको झोक्कासंगै म छेउ आइपुग्छ । अनि माथि छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु । त्यो पनि गज्जबसंग पलाउँदै छ । नयाँ पालुवा लाग्दैछ ।  घर अगाडि हेर्छु छतबाट नराम्रा …

१० कोठे काेरावास

मलाई प्लेनको यात्रा खुब मन पर्ने हो । प्लेनमा कुन समयमा उड्दैछु भन्ने कुराले मलाई कहिल्यै फरक परेन । प्लेनमा दिनको समयमा उड्दा पनि रमाइलो हुन्छ । रातमा उड्दा पनि उत्तिकै रमाइलो हुन्छ ।  दिनमा उड्दा बादलमाथिबाट बादल हेर्दा लाग्छ, प्लेनको त्यो सानो झ्यालबाट फुत्त फाल हान्दा पनि बादलमा तैरिन सकिन्छ । त्यो कपासको रुवा …

यत्ति नलेखी मन शान्त भएन

कलम समाए डायरी लेख्न भनि मोबाईल नोटिफिकेशनको घण्टी बज्यो । हेरे नेपालमा थप १ संक्रमण भेटियो । मनै गरूङ्गो भयो । कलम र डायरी त्यही टेबुलमाथि राखेर एक गिलास चिसो पानी पिउन खोजे । फेरि त्यही बेला टेलिभिजनमा भनिरहेकाे थियो कोरोना भाईरसको संक्रमणबाट बच्न शरिरको तापक्रम बढाइ राख्नुहोस् । तातोपानी, तातो सुप ज्यादा पिउनुहोस् । …

पुतलीको खेल

चैतमासको उराठलाग्दो दिनमाथी कोरोनाको सन्त्रास । उसैमाथी बिश्वब्यापी लकाडाउनमा म अनि म जस्ता थुप्रै गृहिणीहरुले भोगेको- भोगिरहेको / देखिएको-नदेखिएको / बताईएको-गुपचुप राखिएको अनुभवलाई शब्दरुपमा कहिँ कतै बिसाउन पाउँदा मात्रपनि मन हलुङ्गो हुदो रहेछ ।    सधैँको बिहानी झै आजकालको बिहानी पनि दैलो-कसेर ,पुजापाठ ! तर फरक यति मात्र हो , आजभोलि गृहिणीलाई बाहेक अरुलाई न …

गाउँ फर्किएकाे बेला

महिना दिन नबित्दै भारतमा कामको सिलसिलामा गएका पल्लाघरे माहिला दाइ पनि घर फर्किसक्नु भयो । नेपालमा धेरै खर्च लाग्छ भनेर छोराको सहायतामा गोडाको अप्रेसन गर्न भारत जानुभएका दुई दम्पती लकडाउनले गर्दा उतै अल्झिनुभएछ । गाउँ छाडेर काठमाडौंमा सुन्दर भविष्य कोर्न पसेका विद्यार्थी र दुइपैसा कमाइ हुने आशले गएका मजदुर सबै गाउँ फर्किसकेका छन् । मेरो …

आखिर ठूलो के?

सानो छँदा पढेको थिए “धनभन्दा विद्या ठूलो “यो कुरामा हाम्रो वादविवाद पनि नभएको होइन । कक्षा कोठामा मात्र सिमित यो वादविवाद आज एकान्तबास बाट सोच्न बाध्य बनायो । सायद त्यतिबेला मन मस्तिष्कमा यी सबै कुरा अटाउने पो थिएनन कि ? तर, आज यस बिश्वव्यापी फैलिएको महामारी covid-19 (कोरोना भाइरस ) ले सोच्न बाध्य बनायो । …

कतारबाट डेलिभरी बाेई

म अहिले कतारको एक प्रतिष्ठित कम्पनिमा काम गर्छु । कतारको street 1 देखि street 32 Right side मा लकडाउन गरेको २ हप्ता भन्दा बढी भयो । लकडाउन हुनु भन्दा अघि night duty गएकाहरु जहाँकाे त्यही छन् । सरकारी कार्यालय र केही कम्पनीहरु बाहेक अरु कम्पनीहरुमा काम चलि नै रहेको छ।  खाना पकाउने सुविधा भएका कम्पनीका …

परदेशमा गार्डको ड्युटी

म यतिबेला मलेसियामा छु ।  अहिले प्राय सबैतिर कोरोना भाइरसका कारण lock down छ  । तर म चाहिँ सेक्युरिटी गार्ड भएकाले यो महामारीको बेला पनि सधैँ काम गरिरहनु पर्छ । डराइ डराइ काम गर्छु । यो संकटको घडीमा सबैभन्दा पहिला त घर परिवार इष्टमित्र सबैको याद आउँदो रहेछ । घरपरिवार एकातिर आफू पर देशको मरूभूमीमा …

आमाले पठाएकाे गुन्द्रुक

लेख्न भन्दा पढ्न सजिलो मान्ने मान्छे म । लेखक बन्न शब्दसँग खेल्ने क्षमता हुनुपर्छ । हुन त विद्या दिदिले लेखक नै हुनु नपर्ने ढाडस दिनुभएको छ । म चाहिँ खेलाडी बन्न मैदानमा प्रवेश गर्न लागेको सिकारू परेँ । नयाँमा खेलका धेरै नियमहरु मिचिन सक्छन्, नजानी नजानी नियम तोडिन पनि सक्छन् । यसको लागि अहिले नै माफी …

“आज दिल्ली होइ ऊ फलानो आयो”

मौसम झै बदलिरहने रैछ जिन्दगी पनि । अबको जिन्दगीको बाटो यस्तो होला भन्ने अड्कल गर्दा गर्दै पनि कहिलेकाँही  नसोचेकै भइदिने समय । विश्वमा महामारीको रुप लिएको कोरोना का कारण चैत ७ गते  हुने भनिएको एस. इ. इ.  स्थगित भयाे ।  त्यही बेलामा  संचालन हुने अरू सबै परिक्षा स्थगित भनिएको  सूचना आएसंगै मेराे एम. ए चौथो …