मनभित्रको लकडाउन

सुरुमा परिचयबाटै सुरु गरौँ है त। म चाहिँ मेडिकल स्टूडेन्ट। एम. बि. बि. एस चौथो बर्षमा अध्ययनरत छात्रा। लकडाउन भएको नि दुईसाता बितिसक्यो।  यस लकडाउनको असर ममा चाहिँ त्यति धेरै परेको छैन भन्दा फरक नपर्ला। मेरो लागि त के लकडाउन के अरु सामान्य दिन। सबै दिनहरु कोठाको एउटा कुनामा, एउटा किताब च्याप्दै बित्ने न हुन्। …

फिक्का

गाउँबाट पढाइको सिलसिलामा काठमाडौं आउनु प्रायः उपत्यका नजिकको जिल्लाका बिद्यार्थीको  बाध्यता हो । एस.एल.सी पास भएपछि बुबा–आमाले मलाई पनि सानोममीसँगै काठमाडौं बसेर पढ्ने वातावरण मिलाकदिनु भयो । सामान्य परिवारमा जन्मिएको हुनाले कलेज लाइफसँगै केही न केही काम गर्नुपर्ने बाध्यता थियो । सुरुका दिनमा घरपरिवारको यादले साह्रै सताउँथ्यो । आमाले पकाएको मिठो खाना । आँगनमा बाँधिएका …

बुढाले पकाएको मिठ्ठो !

चैत १० । नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस पुष्टी भएको समाचार सार्वजनिक भयो ।  खाजाका लागि कोठा पुग्दा साङ्केनले पनि सचेत गराइन् । अलि आत्तियो मन । अर्को दिनदेखि घरैबाट काम गर्ने निधो गरेँ ।  बेलुकी सरकारले आकस्मिक एक हप्ते ‘लकडाउन’ को घोषणा गर्यो । अन्योल र त्रासद वातावरण बन्यो । ‘लकडाउन’ को अर्थसम्म थाहा …

उस्तै, उस्तै केही फरक

आमाको ‘ए कति अबेरसम्म सुतेको हँ’ भन्ने आवाजसंगै, हतपत्त एकछिनमा उठिहाले भनेर कोठाबाट आँखा मिच्दै बाहिर निस्किन्छु । सबेरै  एक हुल भँगेराहरुले भर्खरै पालुवा पलाएर हरिया भएका, बतिला लागेका बोटमा खै के के कुरा गरे। योजना बनाए कि के गरे।पछि को कहाँ गए पत्तो भएन। तर उनीहरुले मलाई जगाएर, हर्षित बनाएर गए।  प्रकृति कति गतिशिल। …

के हो लकडाउन?

“आज देखि लकडाउन गर्ने रे सरकारले” हामी खाना खाइरहेको बेला मेरो दाइले भन्नुभयो। कोरोना भाइरसको बारेमा त अलिअलि रेडियो, टिभिमा सुने हेरेकै थियौ।तर लकडाउन शव्द भने मैले पहिलो चोटी सुनेको थिए। मनमा कौतूहलता भैरह्यो। लकडाउन भन्या के रैछ? देशमा लकडाउन गर्यो भने के हुन्छ ? यसबारे मलाई कुनै आइडिया थिएन। खाना खाइसकेर म झट्ट कर्णफुस्फुस …

तिनको के दोष !

हरेक दिन मोबाईल फोनको अलार्मले ब्युँझाउने मेरा परेलीहरु अचेल घर नजिकैको मन्दिरमा घन्किरहने भजनहरुले खुल्छन्। खुसी छु यस अर्थ कि अलार्मको आवश्यकता छैन आजभोलि मलाई। मैले धेरै पटक धोका खाएको छु । ए.एममा बझ्नु पर्ने अलार्म पि.एममा सेट भएर । ४ पटक त एम.एस्सीको क्लास नै छुट्याे। बिहानै झुल्कने घाममा आशा देख्दै हुन्छु म र …

एउटा सत्य कथा

उसै गरि दिन बित्छ। घाम क्षितिजमा अस्ताउँछ अनि फेरि विहानको मिर्मिरेमा घामसंगै केही आशाहरु पनि उदाउँछन्। अनि फेरि पनि शुन्यतामा दिन बित्छ । म कहाँ २७ जना कामदार थिए। सबैजना खानेपानी र भवन निर्माणका लागि खटिएका। रोजगारीका लागि टाढाबाट आएका मध्ये १६ जना घर गए। बाँकी ११ जनाको अनुहार हेर्छु, मलिन छ। के गर्नु! काम …

बाँचिएछ भने टुडिखेल मै गएर नाचौला!

परदेशमा छु। म पनि पूर्ण रूपमा लकडाउनको पालना गर्दै एउटा सानो फ्ल्याटमा ज्यानलाई साँघुर्याउन नसके पनि मनलाई साँघुर्याएर अनुशासित भएरै बसेको छु । ता कि आफू पनि बाँचु र अरूलाई पनि बचाउन सकुँ । घरभित्र बस्दैमा बाँचिन्छ भने किन बाहिर जाने हैन र ? लाग्छ पूरै संसार आगो बिना नै जलिरहेको छ । सम्बन्धित क्षेत्र …

स्वस्थ,व्यस्त मस्त !

हरेक दिन फरक नयाँ जोस र जाँगरको साथ मेरो दैनिकी सुरु हुन्छ। म एउटा ठूलो परिवारमा बसिरहेको छु। यहाँ जीवनमुखी र उत्पादनमुखी शिक्षा घोकाएर हैन गराएर सिकाइन्छ। म खोटाङ जिल्ला रुपाकोट मझुवागढीको शुभद्रा मदन फाउन्डेसनबाट यो डायरी लेखिरहेको छु। डायरी लेख्नु यहाँ हाम्राे दैनिकीभित्रै पर्छ। जीवन सिकाइ रहेछ। सिक्ने र सिकाउने काम कहिले नटुङ्गिने रहेछ।हामी …

जिन्दगी चल्दो रहेछ

चारैतिर हरियाली । जति हेरेपनि धित नमर्ने पाखा पखेराहरुले अहिले गाउँलाई सजिएको होला । त्यसैमाथि कोइलीले को-हो, हो-को, कूहू,कूहू गर्दै प्रकृतिलाई गर्ने प्रश्नले झनै मग्न हुनुपर्छ । प्रकृतिले यो समयमा आफैलाई सजाएको हुन्छ । मलाई असाध्यै मन पर्ने समय बसन्त ऋतु। अरु समयमा त एकछिन घरमा बस्न नसक्ने म, झन् यो बेला के बस्न सक्थें …

मलेसियाको बन्द कोठाबाट मनको आक्राेश

प्रिय नेपाल आमा, परदेशी छोराको तर्फबाट शिर निहुराएर ढोग छ ! कहाँ बाट सुरु गरौं मेरा मनका यी भावनाहरु। म र म जस्ता हजारौं नेपाली आज बन्द कोठामा सिमित रहेको २५ औं दिन भयो । एक दिन र आजको दिन मात्रै हैन हरपल आफ्नो माटोलाई सम्झेर मातृभूमिलाई सम्झेर रुनु सिवाय पददेशीको के नै हुन्छ र …

स्पेनबाट आफन्तको सम्झना

घडीको चालसँगै अघि बढेका देशहरु अहिले ब्याट्री  सकिएका घडी जस्तै भएका छन् । बाहिर सिमसिम पानी परेकै कारण होला मौसम चिसो थियो । विहानी पखको चिसोले बिउँझिएकी म हतपत उठेर आफू छेउ भएको फोन हेर्न पुग्छु। मैले गएको १ महिना यता फोनमा हेर्ने भनेकै कोरोना update हो । तर आज update हेर्न नपाउँदै मोबाइलमा message …

आफैलाई बिर्सिँदा !

प्यारो डायरी, आज मैले तिमीलाई चारबर्ष पछि भेट्टाए। खै के भेट्टाए भनौ ,बेला बेलामा तिम्रो याद नआएको त  हैन, तर खोज्ने प्रयास कहिल्यै गरिन। मसंग फुर्सद पनि कहाँ थियो र! जिन्दगीको लामो यात्रामा दौडिरहेकी थिए । कोरोनाले महामारीको रुप लिए संगै कलेज बिदा भयो ।म पनि दराज भित्र थन्क्याएर राखेको पुरानो डायरीलाई झोलामा राखी गाउँ …

Social Distancing र ऊ

आज बिहानै उपस्थित भयो । सधैँ रातमा देखिने आज बिहानै टाङ्खटिङ्ख खोला पार गरेर बस्ति नजिकै आइपुग्दा मान्छेहरुको कोलाहलले प्यारो निन्द्राबाट ब्युझाँयो मलाई । Covid19 को त्रासबाट बँच्न घरको न्यानो निन्द्रा काफी भएको बेला फेरि उसको त्रास थपियो । “ए! हात्ती आएछ हात्ती !” आमाले दुध भर्दै कराउनुभयो । म हतार हतार उठेर घर अगाडीको …

मेराे डायरीको पानाबाट

लेख्न त म डायरी लेखिरहने मान्छे हुँ । तर प्रकाशित नै गर्ने गरि डायरी कसरी लेख्ने होला ? म एकछिन घोत्लिएँ । फेरी सोचेँ “आ ! जे होला । पहिला लेख्नु त पर्यो नी!” पहिला लेखिसकौँला अनि पठाउने की नपठाउने भनेर टुङ्गो गरुँला भनेर लेख्न थालेँ । मिती २०७६ /१२ /२३ गते, डियर डायरी,आज ३५ …

अफ्रिका र माया

लकडाउनको पन्ध्रौं दिन । अफ्रिकाको दक्षिणी भूगोलको जाम्बिया भन्ने देशमा हामी १५ जना नेपाली काम गर्दैछौं । देश लिखिर लिखिर चल्दै छ । एयर्पोर्ट बन्द छ । चर्च, स्कुल र युनिभर्सिटीहरु बन्दा बन्दीमै छन । होटल रेस्टुँरा क्यासिनोहरु बन्द छन् । सपिङ मलहरुमा पुलिसको निगरानी छ । कडा नियममा अत्यवश्यक वस्तुको मात्र बिक्री वितरण भएको …

आमाको पढाइ

 लक डाउनको समयमा अरुबेला समय नै भएन भन्नेहरुको लागि फिल्म,सिरिज हेर्न ‍र पुस्तक पढ्न उत्तम साइत जुरेको छ। मैले भर्खर ‘मनी हाइस्ट’ हेरि सकेर जर्ज अर्वेलको १९८४ पढ्दै छु । पढ्दा र हेर्दा बाेर लागेपछि  खुल्ला ठाउँमा गएर बस्न मन लाग्छ। यो समय बजारमा खुल्ला ठाउँ भनेको छत मात्रै हो।हाम्रो घरको ठिक पछाडि केही बारी …

दु:खमा हाँस्न सिकेँ !

आज लकडाउनको पन्ध्रौं दिन पुगिसकेको छ र सरकारले अझ लकडाउन बढाउने निर्णय गरेको छ।कलेज बिदा भएको  एक महिना भइसक्याे ।मेरा केही साथी र छिमेकीहरु पनि गाउँ गइसकेका छन। तर हामी भने यही(पोखरा) शहरमा नै छौ। बुबाआमा पनि लकडाउनको कारणले यही घरमै हुनुहुन्छ। दिनभर आमाबुबा अनि अंकल आन्टीहरु मिलेर घरकै काम गर्छाैं। अनि हामी सानो छँदाको …

म पछि हट्दिन..

म पनि परिवारसंग अहिले घर भित्रै बसेको छु । बिहानदेखि बेलुका सम्मको समयलाई कसरी मिलाउने भनेर सुरुसुरुमा त अन्यौल नै रह्योे ।  एक दुई दिन पछि एउटा सामान्य खाका बन्यो । बिहानको समयमा करेसा बारीमा काम गर्ने । विहानको समयमा काम गर्दा घामले असर नगर्ने र काम सकेर नुहाएर माम खान पाइने । हाम्रो साथमा …

म पनि अरू जस्तै…

मोफसलको पत्रकारिता भन्ने वित्तिकै कहिलेकाँही त दु:खको एक हिस्सा हो जस्तो लाग्छ । केन्द्रमा बसेर पत्रकारिता गरेको भए एउटा बिट हुन्थ्यो, त्यसमै अध्ययन हुन्थ्यो, त्यसमै खोज अनुसन्धान । तर, मोफसलमा सबैतिर भ्याइनभ्याइ हुन्छ । त्यही माथि अहिलेको ‘लक डाउन’ को कुरै बेग्लै ।  म लमजुङ जिल्लामा बसेर पत्रकारिता गर्छु। ४ गाउँपालिका र ४ नागरपालिका रहेको …

प्रिय देश

प्रिय देश, अथाह प्रेम सागर तिमीलाई ! ठिक यतिखेर म अरवको दुबईमा छु । यो लेख्दै गर्दा मध्यरातको बार्‍ह बजेको छ। खुला आकाशबाट बथानका बथान ताराहरु कोरोनाले भयभित पारेको यो संसारलाई दयालु दृष्टिले हेरिरहेका छन् र चकमन्न र विरक्तलाग्दो रातमा खजुरको फेद मुनि बसेर एक चित्तले तिमीलाई सम्झिरहेको छु। प्रिय देश, परदेशमा यो अरब अति …

अब बसिन्न याे परदेशमा !

…….र उसले भन्याे , “अब बसिन्न याे परदेशमा !” Covid19 ले विश्वव्यापी महामारीकाे रुप लिइरहेको छ। यस बिचमा जाे आफ्नाे घर-देश देखि टाढा छन् उनीहरुकाे मनमा सायद एउटै कुरा खेलिरहेको हुनुपर्छ!  त्यो हाे “म यस्तो विपतकाे बेलामा पनि घर देखि टाढा छु।” हिजोआज प्राय विश्वका धेरै देश lockdown मा छन! हिजोआज विदेश भएका आफन्त र …

आफ्नै गाउँ फर्की आएँ !

विगत फर्कन्छु । सर्लक्कै कुनै पनि अतितलाई भुल्न सजिलो छैन । कारण त्यसले दिएको चोट, पीडा र त्रास । हो, वि.सं. २०७२ बैशाखको प्रलयकारी भूकम्प । त्यतिबेला ज्यान बचाउन म जस्ता थुप्रैले काठमाण्डौं खाल्डोमा अब फर्कनै नपरोस् भनी छाड्यौं । विपत्तिको आयु नहुने रैछ । केही महिनापछि म उही काठमाण्डौंलाई स्पर्श गर्न पुगें। कसैले कुनै …

छुट्टी डायरी

एक हप्ता बिहानको सिफ्ट अर्को हप्ता बेलुकाको सिफ्ट।बेलुकाको सिफ्ट ड्युटी जाॅंदै गर्दा,गल्फबाट साथीहरूको मेसेज आउँछ,’हाम्रो त अप्रिल २० सम्म छुट्टी छ। बसीबसी तलब आउँछ यसपालि!’ मनको डर र पिडा लुकाउँदै म मुस्कुराएर भन्छु,’मोज गर् तिमारु! म हाल काम गरिरहेको देशमा आजको अपडेट अनुसार ३,३८३ संक्रमित भइसकेका छन्। यहाॅं पनि लकडाउन नभएको त होइन। लकडाऊन छ। …