बुवा आमाकाे मुहारमा खुसी छाउने लक्ष्य लिएर हिडेकाे याे तन मनमा जहिले विघ्न बाधा। आज ३३ दिन भयाे। सुरु सुरुका केही दिनहरु खासै गाह्रो भएन। दिन बित्दै जाँदा लकडाउनकाे अवधि पनि क्रमशः बढ्दै गइरहेको छ। र यी दिनहरु निकै लामा अनि अत्यास लाग्दा भएका छन्। हाे, यसैबेला मेराे गाउँ सम्झिएकाे छु। अनि परिवारकाे मुहारकाे त्याे खुसी। अझ याे समय बसन्त ऋतुका कारण यसैपनि अझ रमाइलो हुन्छ गाउँ घर। सबै सम्झनामै छन्।
यी हरेक कुरा हरु त्यागेर आएकाे हुँ म सहर। तर के गर्नु परिवारकाे मुहारमा खुसी ल्याउने मेराे लक्ष्य लकडाउनले प्रतिस्पर्धा गरिरहेकाे छ। अलि अलि भएपनि शारीरिक खेल खेलिरहने म, फुर्तिलो ज्यानको चाहना भएकाे मलाई लकडाउनले युट्युब, फेसबुकमा मात्र सिमित गरिदिएकाे छ।
हजाराै सपना बाेकेर हिडेकाे याे तन, याे मन अनेकौं समस्या झेल्दै याे सहरमा छ। माया त देखेका सबै सपनाहरुकाे लाग्छ नि! तर याे सहरको महङ्गीसँग उछिनपाछिन गर्दा मन मस्तिष्क नै शिथिल भइसकेकाे जस्ताे लाग्छ। यस्ताे बेलामा मेराे सानाे विकासाेन्मुख देशलाई पनि अछुतो रहन दिएन काेराेनाले। अझ म त एक मजदुर किसानकाे सन्तान न हुँ के नै पाे गर्न सक्थे र! तर भनिन्छ ओखति नभएको राेगलाई अनुशासनले निकाे पार्न सकिन्छ। हाे, त्यसैले यस्तो दुखकाे समयमा जे जसरी भएपनि घर मै बसाैँ, मिठाे नमीठो जे छ त्यही खाऊ,सामाजिक दुरी कायम गराैँ, आफू पनि बाचाैँ,अरुलाई पनि बचाऊ।
No responses yet