मेरो नाम सुमन थापा हो । म हाल सैनिक आवसीय महाविद्यालय भक्तपुरमा ११ कक्षामा पढ्दैछु ।
त्यो दिन होस्टेलको माहोल निकै बेग्लै लागिरहेको थियो । कोही नाचिरहेका त कोही गाउँदै गरेका …. १, २ १, २ म पनि जान्छु सररर बस चढी काठमाडौं….. । होस्टेलका ती बिल्कुल फरक दृश्यले मलाई अचम्ममा पारिदिएको थियो । मेरो मनमा एक प्रकारको कौतहुलता जाग्यो । जाग्नु स्वभाविक थियो । साथीलाई सोधे ।
रमाउनुको कारण सुन्दा म छाँगाबाट खसे जस्तै भए । उही कुराले चीनको सातो खाएको बेला यहाँ रमाइलो मान्नुको स्वार्थ केवल घर जान पाइने मात्रै थियो । साथीहरुले यो भाइरसको भयावह अवस्थाको ख्यालै नगरेकोले मलाई ननिको लाग्याे । तर म मौन बसे ।
अहिले लकडाउनको बेलामा कुनै एउटा बन्द कोठामा थुनिएको जस्तो माहोल बनेपनि मनको एउटा कुनाले आनन्दको महसुस गरिरहेको छु । किनभने मलाई लाग्छ म यतिबेला घरभित्रै बसेर केही नगरेर पनि एक प्रकारले देशको सेवा गरिरहेको छु । सरकारको कामलाई सघाउनु पनि त हाम्रो कर्तव्य हो नि । फेरि यो सब हाम्रै लागि हो ।
तर मानिसहरु जथाभावी हिडडुँल गरेको पनि देख्छु । दिनहुँ फरक फरक तरकारी खान भन्दै बजार गएको पनि देख्छु । केही साधारण स्वभाव र लोभ छोड्न सके हाम्रै लागि राम्रो हुने हाे जस्तो लाग्छ । तर मैले भनेर पनि नहुने ।
हाम्रो मुलुकसंग भरपर्दो स्वास्थ्य सेवा नभएकाले म त अहिलेको बेलामा अस्पतालसम्म पुग्ने अवस्था आउन नदिन धेरै ध्यान पुर्याउँदैछु । तपाईहरू पनि यसमा सजग हुनस् है । म हरेक दिन सबैका लागि कामना पनि गर्छु ,’लकडाउन कसैले पनि उल्लंघन नगरोस् ।’
मेरा वुढा हुनुभएका हजुरबुबासंग बेलाबेलामा कुरा गर्छु । उहाँ भन्नुहुन्छ ,’यो बेला भनेको आफूसंग जे छ त्यसमै खुसी हुने समय हो ।’
त्यसैले म पनि आफूसंग जे छ त्यसमै रमाइरहेको छु । यसमै खुसी हुन सिक्दैछु ।
जय देश ।
जय नेपाल ।।