जिन्दगीकाे सँधै एउटै रुटिन उत्साह त खासै थिएन तैपनि दिन हो बितिदिन्छ, म हुँ बिताइदिन्छु ।
पहिलो बर्ष हो अरबमा। निन्द्रा मजाले नखुली नै a/c को भ्यार्र्र आवाज सधैं झै… बेड छेउमा रहेको टेबल माथिको रिमोटले बन्द गरिदिएँ। सँगै भएको मोबाइल ताने अनि थाहा भो बिहानको ९:३० भएछ। टाइम चेक पछिको दोस्रो काम १ मेसेज, ३ फेसबुक नोटिफिकेसन अनि 6 message from 3 chat on whatsapp , message र facebook notification ।ले कहिलै प्राथमिकता पाएनन् । म सिधै whatsapp मा घुसेँ। प्यारी मान्छेको Good morning रिप्लाई गरेपछि दोस्रो छोडेर तेस्रो chat मा ट्याप गरे दोस्रो यो कारणले छोडेको हो कि त्यो एउटा Group को message थियो र तेस्रो कम्पनीको message थियो । हेरे केही थिएन। बन्द गरि फेसबुक खोले अनि फेसबुकका पाना पल्टिँदै जाँदा नारायण कार्की दाजुले share गर्नु भएको हेर्ने कथा को lockdown Diaries मा भएको कथा पढे र मलाई पनि लेख्न मन लग्यो। म खासै लेख्दिन। अँ कहिलेकाही प्रयास भने गर्ने गर्छु । कसरी सुरु गर्नेहोला सोच्न नपाउँदै पेट्भित्र मुसा दौडन थलिसकेछन्। यस्तोबेला घरको याद बिछट्टै आउने। सुति सुति बेड टी र नास्ता ल्याइदिन यो बिरनो मुलुकमा को नै छ र!
उठेर खाना बनाए र खाँए। धन्न यो माहामारीको बेलामा नजिकैको सुपर मार्केट बन्द भएको छैन र कम्पनीले पनि समयमै सेलरी दिएकै छ। तैपनी एक महिना बढी सम्मको खाना स्टक राखेको छु । चामल, दाल, चाउचाउ, चिनी, चियापत्ती, नुन, तेल, मर-मसला आदि अनि टमाटर र अरु सब्जी चै मार्केट बन्द नहुन्जेल हप्तामा एकपटक जाँदैछु। गत हप्ता नजिकैको Jumla Express जाँदा पन्जा र मास्क नलगाइ पस्नै दिएन ।
आज Night shift छ शैक्षिक संस्थामा। दिनभरी रूम र किचन। यति नै हो दैनिकी । गत ६ महिना देखि मेरो duty यस्तै छ लगभग। जहिले क्वारेन्टाइन। shift भने चेन्ज हुन्छ कहिले day त कहिले night
खाना खाएपछि फेरि बेडमा पल्टिएको म कथा कसरी लेख्ने सोचिरहेको बेला एउटा रुपेन्देही जिल्लाको साथीको message आयो। याे त्यही साथी हो जो म सँगै नेपालबाट आएको थियो र अहिले अबुधाबीमा लुब्र संग्रहालयमा काम गर्दैछ ।
पिडा सबैको उहीँ त हो । विश्व भरी महामारीको रुप लिएको कोभिड १९ र त्यसबाट भएको असुविधा भन्दै थियो। ‘नेपालबाट आउँदा लिएको ऋण अझै तिरेर सकिएकाे छैन। यो कोरोनाले गर्दा ड्युटी अफ भाको आज ५ दिन भो । यही ICAD लेबर क्याम्पमा बिना ड्युटी बसेकाे छु।’
उसकाे कुरा सुनेर मन अमिलो भयो। मेरो भने शैक्षिक संस्थामा डिउटी थियो। त्यसैले मेरो अफ थिएन र मेरो बसाइ पनि यही थियो। म नि नेपालबाट आउँदा सुरुमा ऊसँगै त्यही लेबर क्याम्पमा २३ दिन बसेको थिए।
यहाँ विदेशी मजदुरहरुकोलागि विभिन्न ठाउँमा लेबर क्याम्प छन्। जहाँ प्राय सबै कम्पनीहरुले आफ्ना कामदार राखेका हुन्छन्। अनि एउटा रुममा ८ देखि १२ जनासम्म हुन्छन्। एउटा तलामा २० देखि ३० वटा रूम अनि २ देखि ५ तले बिल्डिङहरु त कत्ति हो कत्ति। Average मा ४/५ वटा रुमको लागि ठूला ठूला toilet र bathroom यद्यपि नियमित सफाइको चै प्रबन्ध गरिएको हुन्छ। अरब बसाइको सात महिना चलिरहँदा सुरुवाती दिन र ट्रेनिङ परीक्षा गरि २३ दिन बाहेक अरु बेला क्याम्पमा नबसेकोले मलाई त्यहाँको बारेमा धेरै जानकारी छैन। जे होस् यो कोरोनाको माहामारीमा अन्यत्र भन्दा क्याम्पमा संक्रमणको फैलन सक्ने सम्भावना अलिक बढी नै हुन्छ। तर के गर्नु, लगभग सबैको त्यहीँ बस्नु भन्दा अर्को बिकल्प हुदैन र छैन पनि!
ओहाे !! कस्तो गर्मी साच्चै a/c त बन्द पो छ ।फेरि अन गरेँ।सितल हुँदै गयो म भने facebook को भित्तो स्क्रोल गर्न थाले। केही थान birthday wish र news update नियमित समाचार अचेल निकै कम सुन्छु। कोरोना बाहेक अरु समाचार खासै हुँदैन पनि। अँ , नेपाल एम्बेसि, अबुधाबी पुलिस, खलिज टाइम्स, गल्फ न्यूज, सेतोपाटी, नागरिक, उज्यालो लगायतका पेजहरुबाट पर्याप्त सूचना चैं लिएकै हुन्छु ।
ए ! १२ बजिसकेछ! एकपटक natural call एटेन्ड गरेपछि साबुन पानी प्रयोग गर्ने त पुरानै बानी हो। तर अचेल हरेक चिज छोएपछि कि त सेनेटाइजर कि त साबुन पानी । सकेसम्म सुरक्षित त हुनैपरो। नत्र सात समुन्द्र पारीको यो देश अनि रुघाखोकी, ज्वरो या कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा कम्पनीमा जानकारी गराउनै पर्ने supervisor को निर्देशन। हैट्ट !!!
शम्भु टन्डन क्षेत्रि
गुल्मी, चारपाला
संयुक्त अरब इमिरेट्स
No responses yet