परिचयबाटै सुरु गरौं न म रेनुका कार्की।हाल उदयपुर। कोरोनाले देशभर चिनाएको जिल्ला र रामपुर कृषि क्याम्पसमा विद्यार्थी पनि। आज लकडाउन भएको पनि पूरै १ महिना भएछ। ती व्यस्त सहर,गल्ली, चोकहरु, यसरी महिनौं विदामा उपर्खुट्टि लगाएर बस्लान् भन्ने कल्पनामा पनि थिएन। हुन त होडबाजीमा हिँडेको यो युगले बेसुर छन्दका सुस्केरा हाल्छ होला भन्ने कस्ले पो कल्पेको थियो होला र?
यहाँ जति आँखा बन्द गर्न सजिलो छ, त्यति नै गाह्रो कान थुन्न छ। हिजोलाई भुलेर भएपनि मान्छे आज सम्झेर दयनीय अवस्थामा पनि एक खिल्ली मुस्कुराउन चाहदोंरहेछ। नभए त्यो सोलुदेखि राजधानी सम्मको यात्रा कुनै उत्साहका लागि थियो र? मान्छेको मन न हो सिमलको भुवा जस्तो। आँखी झ्याल बाहिरकै संसार प्यारो लाग्ने। हरेक वर्ष सधैँ जस्तै उल्लासमय कहाँ हुँदोरहेछ र! कहिलेकाहीँ त प्रकृतिले पनि बिरोधको स्पर्शले ढयाप्प मारेरै जाने रैछ।घरबाहिरकै चहलपहलमा रमाउनेले पनि घर भित्रै रमाउन पनि सक्दो रहेछ त।
सायद यो उपलब्धि विपत्तिले नै सिकाएको हुँदो हो , अचेल म भित्रको “म”ले अनगिन्ती सम्भावनाको पहिरो गएको देख्दा आफ्नै किस्मत आफैतिर फर्किएर फिस्स हाँसे जस्तो, गिजाएँ जस्तो, घोचेजस्तो, खै कस्तो कस्तो! हुँदा हुँदा यी मनभित्रको रङ्गगमंचमा मेरा डर र आँट पत्तै नपाइ एकै साथ नृत्य गर्ने मित्र भएछ्न्। हुन त यस्तो पनि हुँदोरहेछ जीवनमा। आपतको बिषम परिस्थितिमा बाँच्ने अभ्यास सँगसँगै मर्ने अभ्यास पनि गर्नु पर्ने। थाहै नपाइ घडीको सुई आफू तिरै फर्किने भइसकेछ।
यी त सब यो वर्षको आगमनसँगै कोरोनाले सिकाएको कुरा न हो! यो वर्ष कोरोनाले धेरै कुरा सिकायो र सिकाउँदै पनि छ। शब्द भन्दा अर्थ ठूलो,अर्थ भन्दा अनुशासन ठूलो ।
रेनु कार्की
उदयपुर