म रातको खाना खाएर आराम गर्ने कोठाको झ्याल छेउमा बसेर बाहिर हेरिरहेको छु। चिसो हावा चलिरहेको छ। वरीपरी सुनसान छ। किराहरू कराएको र पर पर कुकुर भुकेको आवाज सुनिदै छ । जून लागिरहेकै छ।
मेरो मनमा अनेक कुराहरू खेल्दै छन् । गाउँबाट आमाले बारम्बार बाबु लकडाउन छ कोठा बाहिर नजानु । सब्जि किन्न जाँदा माक्स लगाउनु भनेर सम्झाउनु हुन्छ। फोनमा आफ्न्तसॅग पनि त्यही कोरोनाबारे कुरा हुन्छ। हिजसम्म कसैलाई फुर्सद थिएन बिगत सम्झिने । सब जिन्दगीको तछाड मछाडमा थिए । तर हिजआज मानिसहरू पुराना दिनहरू सम्झिदै फेसबुकमा पुराना फोटो हाल्ने र कमेन्ट गर्ने गर्दैछन् । कोही सामाजिक सञ्जालमा किताबको फोटो हाल्छन । कोही कोरोना सम्बन्धि समाचार सेयर गर्छन्। कोही भने चामलका दाना गन्ने र झुलका दुलो गन्ने काममा लागेका लागेका छन् । जे होस् सबैजना केही न केही रमाइलो गरेरै दिन बिताउँदै रहेछन् जस्तो लाग्छ ।
मेरो भने मनभरी अनेक प्रश्न खेलिरहेका छन् । सिमापारी अड्किएका नेपालीको कस्तो हालत होला ? भनेर कल्पन्छु । घर नहुने मागेर खानेहरू कता गएर बसे होलान्? बिदेशमा नेपालीहरूको हाल के होला? यस्तै प्रश्नहरूले मन भारी छ । हरेक दिन कोरोनाले मान्छे मारिरहेको खबर आउँछ । नेपालमा पनि दिनकै नयाॅ सॅक्रमीत फेला पर्दैछन् ।
यो बेलामा पनि भ्रष्टचार भयो भन्ने सुन्दैछु । याे खबर सुनेर निकै दुःख लागेको छ । देशको नेतालाई जनताकसरी जोगाउने भन्ने चिन्ता हुनुपर्ने हो यो बेलामा त । कोरोनाको राहत कोषमा आज धेरै सहयोग रकम जम्मा भइरहेको पनि सुनेको छु । डर लाग्दैछ यसको पनि सदुपयोग हुन्न कि भनेर । नेता अझै धनि हुने र गरिब अझै गरीब हुन नपरोस् । यो महामारीको यो संकटको समयमा कसैले नेतालाई सत्बुद्दी दिउन् ।
रोगले भन्दा भोकले मर्नु नपरोस् । भगवानसंग प्रार्थना गर्छु विश्वमा मान्छेको जीत होस् कोरोनाको हार ।