गाउँमा पालुवाका पात र पाकेका काफलले सम्झदै होलान् मलाई ।सम्झिन त म पनि सम्झिन्छु नि तर बिपतमा अड्किदा प्रकृतिसँग आमने-सामले हुने मौका गुमाएँ कि मैले ? आफूले आफैलाई प्रश्न ताक्दै टोलाइरहन्छु||
लकडाउनको पालना बङ्गलामुखी ललितपुरको एउटा गल्ली घरको पहिलो तलामा बसेर हुँदैछ। गाउँ जान कम्मर कस्दा-कस्दै महँगी र समस्याले थलिएको सहरमै अड्किन पुगें।
अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थासँग आबद्ध छु। देशमा कोरोनाले माहोल तात्न थालेपछि संस्थाले आकस्मिक बैठक बसाले`Work From Home´रणनीति लागू गरि संस्था बन्द गरेकै दिन लकडाउन पनि भयो।आवतजावत रोकियो, सवारी आवागमन रोकिए। म पनि यतै अड्किएँ।
सुरुवाती २/४ दिन खुबै आत्तिएँ। बिस्तारै धैर्यवान् बन्न सकिँदो रहेछ।कोठामा धन्न एक्लै बस्नुपरेको छैन र केही सहज भएको छ।सँगै छौं बच्पनदेखिको हितैषी मित्र अमर चलाउने र आफ्नै भाइ टोपु। तर भाइ पब्जी गेमको किरो उसकाे बोल्ने फुर्सद अलि कम मिल्छ। मित्र अमर बडो रसिलो मान्छे। बेला-बेला मुड अफ भएपनि उसका गतिविधिले हँसाइहाल्छ्न।साह्रै बोरिङ हुनै दिदैनन् उनले ।
लकडाउनले स्वाभाब नै बदलिदिएको छ मेरो। बिपतमा संयममित र धैर्यवान बन्न प्रेरित गरेको छ यो घडीले। फोनबाटै भएपनि परिवार र आफन्तसँग बैचारिक भाव बढेको छ। फुर्सदिलो समयले पारिवारिक दायित्व बोध र स्नेह बोध हुँदो रहेछ।फलस्वरूप पहिलेको तुलनामा दोब्बर तेब्बर जस्तो फोन थिच्न मेरा औंलाहरु डाइलप्याडतर्फ हौंसिरहन्छन।
महङ्गिले चुलीएको ठाउँ राजधानीको छेउमै छु। त्यसै त त्यस्तो महङ्गि नै थियो झन लकडाउनले त बाबै। खाउँ ५०० रुपैयाँको तरकारीले पनि १ छाक टार्न हम्मे हम्मे, नखाउ भोकै बस्न पनि नसकिने।गाह्रो छ गाह्रो।पोहोरै पठाइदिएको सिन्की खोजेर टङ्ग्रङ्ग झोल बनायो।भात निल्न मुस्किलै पर्छ। उसैबखत घरबाट फोन आउँछ। सुनिन्छ`मोही खाने कोही नभएर ठेकी नै मलखातमा घोप्ट्याइदिनुभयो रे ममीले। कोइरालाे र हरियो केराउको अचार बढी भएर भैसीले खायो रे।’ यता भात निल्नै नसकी आधामै हात चुठेर कानमा इअरफोन कोचार्छु र पुनः डिउटी सुरु हुन्छ मेरो युट्युब, फेसबुक, इन्टाग्राममा…..।
गाउँ, मेरो गाउँ !! यहाँदेखि टाढा झन्डै २ दिनको लगातर यात्रापछि मात्रै पुगिन्छ, कर्णाली प्रदेशको दैलेख जिल्ला। डुङ्गेश्वर गा.पाको वडा न.२ लाँकुरी सेर्माकोट। यो बसन्त ऋतुको स्पर्श गर्ने गतिलो मौका फुत्किएको आभाश मात्रै भएको छ।