COVID-19 ले गर्दा अहिले अरु कुरा नै कुरा बिर्सियौ कि जस्तो लाग्न थालिसक्याे।
नेपाली समाजमा social distance भन्ने कुरा भन्दा पनि social unity, social co-operation बारे मैले बढी बुझेकी र पढेकी थिएँ। तर अहिले यी कुराहरु कतै हराउँदै गए कि जस्ताे भान भएकाे छ।
- केही दिन अगाडिको कुरो हो, मेरी ९९ वर्ष कि हजुरआमा बिरामी पर्नु भएको थियो। उहाँलाई श्वास-प्रश्वासमा समस्या भएकाले तुरुन्तै अस्पताल लग्नु पर्ने भयाे। तुरुन्तै धरान उहाँलाई लगियो। त्यहाँसम्म एम्बुलेन्समा बिरामी बोकेर लैजानु भएको दाइ र त्यहाँ उपस्थित केही कर्मचारीले समेत उहाँलाई समाएर अस्पतालको बेड सम्म लैजान मान्नुभएन।
- त्यसरी नै केही दिन अगाडि सिरहाकाे सुखीपुर नगरपालिकाका साथीहरुसँग कुरा गर्दा त्यहाँका नागरिकहरुले आफ्नो नगरपालिकाका मेयरसँग राहतका लागि कुरा राख्नु भएको रहेछ। जवाफमा मेयरले ‘तपाईंहरु आफै धनि हुनुहुन्छ’ भन्दै राहत नदिने भन्नुभयाे रे! अनि त्यहाँका बासिन्दाहरुले आक्रोशमा आएर प्रत्येक घरबाट एक-एक मुठी चामल, त्यसरी नै तरकारी, लुगाफाटा समेत जम्मा गरि मेयरलाई दिनु भनेर वडामा बुझाए रे! अहिले त्यहाँ राहत सम्बन्धि समस्या समाधान गरियाे भन्ने सुनेकाे छु।
यस्ता थुप्रै उदाहरण हिजाेआज गाउँघरमा भेटिन थालेकाे छ। आफू सुरक्षित हुनु आवश्यक छ तर त्यसाे भन्दैमा अरुलाई सहयोग नै नगर्नु र आफ्नो कर्तव्य नै पूरा नगर्नु चाहिँ हुन्नजस्ताे लाग्छ मलाई। मानव भएपछि विवेककाे प्रयोग पनि गर्नुपर्छ| कोही सिकिस्त बिरामी पर्दा हामी एम्बुलेन्सलाई फोन गर्छौ र अस्पतालमा उपस्थित व्यक्तिले बिरामीलाई सहयोग गर्छ भन्ने सोच्छौ तर त्यो वातावरण त्यहाँ देखिएन। COVID-19 ले खतरा निम्त्याएकाे छ भन्दैमा आफू मानव हुँ भन्ने कुरा नै बिर्सनु, आफ्नो कर्तब्य नै बिर्सनु भनेकाे आफू स्वयम् बिलिन हुनु हो।
यतिका लामो दिनसम्म खान लाउन पाएका व्यक्तिलाई त गाह्रो हुन्छ। झनै जसको आर्जन नै दैनिक मजदुरी गरेर चल्छ उसकाे जीवनमा अहिले के बित्दाे हाे! कति गाह्रो हुँदाे हो! त्यसैले सरकारले यस्ता कुरामा पनि ध्यान दिनु आवश्यक छ नत्र COVID-19 सँगसँगै भाेकमरी हुने सम्भावना बढ्दै जानेछ।
“म” भन्ने शब्दमा एकदमै अहम् भरिएको हुन्छ भन्ने मैले कतै पढेकी थिएँ तर यदि सरकारले “म छु” भनेर आफ्ना जनतालाई भन्न मात्रै सक्याे भने पनि त्यो सबैभन्दा ठूलो सान्त्वना, विश्वास र एउटा उम्मिदकाे किरण हुनेछ।
हामी सबैले आफूले सकेसम्म एकआपसमा सहयोग गराैं , सके आर्थिक सहयोग गराैं नसके मनाेबल बढाउने काम गराैं।
प्रतिक्षा यादव
सिरहा
No responses yet