सरकारको पहिलो निर्णय आयो । सेवा दिनु नपर्ने, तर कर्मचारीले नियमित कार्यालय आएर कामकाज गर्नुपर्ने छ। त्यसै गरियो । लकडाउन नै भए पछि भने स्वत: बिदा पाएँ । वरिपरिका साथीहरु सबै गाउँ गए । मलाई गाउँ जान उचित लागेन । काठमान्डौमै बस्ने निधो गरेँ । लकडाउन पालना गर्ने र एक हप्ताको समय आफैलाई दिने निर्णय गरे ।
एकजना मोटिभेसनल स्पिकर भन्नु हुन्थ्यो ‘हामी आफ्नो दिमागले काम त गर्छौं । तर आफ्नो दिमागमा काम गर्दैनौ । आफूमा काम गर्दैनौ । मतलब आफैलाई समय दिदैनौ । दिइ हेर्नुस् ।’ समय दिइ हेरे आफैलाई ।
म अहिले ब्याचलर पढाइ र जागिर दुवै संगसंगै गर्दैछु । त्यसैले पनि कता कता समयको सन्तुलन मिलाउनै सक्दिन । फुर्सद भन्ने त कहाँ हो कहाँ भैसकेको थियो । तर यो लकडाउनले मिलेको फुर्सदलाई पुरानो दिनचर्यामा परिणत गर्न खोज्दैछु ।
कोठाभद्रगोल थियाे । सामान सबै यत्रतत्र । कोठा मिलाएँ । ड्रयर मिलाएँ । दराज मिलाएँ । दराजमा थन्किएका किताव पल्टाए । पढ्न बाँकी मध्यकाे एउटा किताब बिजय कुमारको ‘खुसी’ निकाले । र खुसी हुँदै पढ्दै छु । अहिले पनि सिरानीमै छ । खुसी पढी सकेर समिक्षा लेख्ने प्लानमा छु ।
त्यस अलावा युट्युबमा हेर्न छुटेका थुप्रै डकुमेन्ट्रीहरु हेर्दैछु । हेर्ने कथाका छुटेका नयाँ अंकहरू पनि हेर्दैछु । एकदुईवटा पुराना पनि हेरेँ । मलाई “गजेन्द्र सरको कथा” धेरै राम्रो लाग्छ । हेर्ने कथाले मलाई नेपालका कुना कन्दरामा रहेका विभिन्न र विविध कथासंग जोडेको छ ।
म घर भित्रै बसेर, कथा,कविता,गजल र खुसी पढेर, युटुबमा डकुमेन्ट्रीहरु हेरेर, आफन्तहरुसंग फोनमा गफ गरेर, आफैले आफैलाई मीठो मीठो पकाएर खुवाउँदै, लकडाउन बिताइरहेको छु । मलाई त यो समयको भरपुर उपयोग गर्दैछु जस्तो लागि रहेछ ।
घरमै बसौं । फिजिकल दुरी कायम गरौं । कोरोनाबाट बचौं र बचाउँ । ज्यान रहे जगत रहन्छ ।
No responses yet