सधैँ कोलाहल हुने सहरमा लकडाउनका कारण सुनसान भएका सुनसान बाटाहरु, चोकहरु, गल्लीहरु महिनौ दिनसम्म अनिश्चित रुपमा सुनसान भैदिँदा सायद शहरले पनि पुरानो चहलपहल सम्झिरहेको छ । चिडियाखानामा भएका जनावरहरुले पनि मान्छे खोजिरहेका छ्न् होला। अनि बाटोमा मान्छे देखेर रमाउने, मान्छेले नै दिएको खाने कुरा खाएर अघाउने कुकुरहरुको हालत के भए होला?
हो संकटले सबैलाई छोएको छ , कतिका रोजिरोटी गुमेको छ, बाहिर लकडाउन छ। घरबाहिर निस्कने अवस्था छैन। कमाउन जाने ठाउँ कतै छैन। भएको रुपैयाँ पैसाले कति नै समय चल्छ र ? अनि यस्तै भैराख्ने हो भने रुपैयाँ पैसाले नै के काम गर्छ र ? यो पैसा हुँदैमा टर्ने संकट पक्कै पनि होइन!
समय पनि फेरिएको छ। पहिला ट्राफिक देखेपछि सिट-बेल्ट, हेल्मेट लगाउने सवारी चालकहरु अहिले चाहिँ ट्राफिक देखेपछि परै गाडी रोकेर ‘मास्क’ लगाउँछ्न्। नमस्कार गर्दा आफू सानो भइन्छ भनेर हात मिलाउनेहरु अहिले दुई हात जोडेर नमस्कार गर्न कुनै हिच्किटाहट मन्दैनन्। तर तरकारी बजारहरुमा देखिरहेको भिडभाड, मानिसहरुको अत्यावश्यक काम बिनाको आवागमन देख्दा लाग्छ सरकारले संक्रमणबाट जोगाउन हाम्रै जीवन रक्षा लागि लकडाउन गरेको हामीले नै बुझेका रहेनछौ। यो समयमा सरकारको लकडाउनलाई साथ दिदैँ हामीले आफ्ना व्यवहार परिवर्तन गर्दै घरभित्र लक भएर बस्नु अपरिहार्य छ। दुई हरफ मार्फत पनि केही थप विचार जोड्न चाहे!
नडराऔ कोरोना हो आएको,
मृत्यु आएको होइन ।
घरमै बसौ, घरकै खाऔ,
लिन नगइ आउने होइन
भुकम्पमा घरै बस्न नपाएका हामी,
अहिले घर त बस्न पाएका छौ ।
भुकम्पमा घरमै असुरक्षित हामी,
अहिले घरमै सुरक्षित भएका छौ ।
‘समयसँग सम्झौता होइन संघर्ष गर, संघर्ष गर्दा आउँछ्न हजार चुनौती स्विकार गर सहर्ष ‘ हो संगीत मार्फत गायक जीवन शर्माले भनेजस्तै यो कोरोनाको चुनौतीलाई सहजै स्वीकार गरि यसबाट विजय प्राप्त गर्न संघर्ष गरौं । सकारात्मक तरिकाले सोचौं आज बाचियो भने भोलिका दिन देखौला, भोलिका सपना पूरा गरौंला।
अन्त्यमा, मानिस मानिस बिच भौतिक रुपमा टाढा रहौँ, मानवियता र अत्मियतामा नजिक रहौं।
नवीन खनाल
सितगंगा, अर्घाखाँची
हाल: काठमाडौँ
No responses yet