…….र उसले भन्याे , “अब बसिन्न याे परदेशमा !”
Covid19 ले विश्वव्यापी महामारीकाे रुप लिइरहेको छ। यस बिचमा जाे आफ्नाे घर-देश देखि टाढा छन् उनीहरुकाे मनमा सायद एउटै कुरा खेलिरहेको हुनुपर्छ!
त्यो हाे “म यस्तो विपतकाे बेलामा पनि घर देखि टाढा छु।”
हिजोआज प्राय विश्वका धेरै देश lockdown मा छन! हिजोआज विदेश भएका आफन्त र साथीहरुसंग कुरा गर्दा सबैले गर्ने कुरा एकै छन्: “जति दु:ख गरेपनि याे विदेशमा नहुँदाे रहेछ। आपत विपत पर्दा आफ्नै घर(देश) चाहिदाे रहेछ । यता १२/१४ घण्टा काम गर्नु पर्छ। यति मेहनत नेपाल मै खटेर गर्न सक्ने हाे भने यहाँ कमाउने पैसा कसाे नकमाइएला! अब यहाँ बसिन्न।”
‘हाे-मा हाे’ थप्छ मेरो मन पनि ।
००००
हुन त यहाँ(विदेश)रहरले काे आउँछ र! बाध्यता परिस्थितिले न हाे आउने। सब ठिकठाक हुँदा त ठिकै छ । जब बाँच्नु नै ठूलो कुरा भैदिन्छ। तब सब फिक्का लाग्दाे रहेछ!
००००
यता कामले आफ्ना भएकाहरु छन । उता मनका आफ्नै-आफ्ना छन!
काम नहुँदा त यहाँका आफ्ना पनि टाढा भैइदिँदा रहेछन्।
उता बस्नेलाई भने रातदिनकाे पिरलाे। बा-आमा चिन्ता लिराख्नुहुन्छ । ‘बाबु मिल्छ भने आऊ! जसाेतसाे यतै गरेर खाउँला । हामी त यहाँ आफ्नै घरमा छम्। तिमीहरू(दाइ र म) नहुँदा साह्रै नरमाइलो लाग्छ। विदेशतिर दिनका-दिन संक्रमण फैलिएको खबर सुन्दा कतै हाम्रै छाेराहरु त परेनन् भनेर मन डराउँछ। जमाना पनि कस्ता आए-आए खै! याे के जाति राेग हाे, कुन्नि? चाडैं हराए हुन्थ्यो नि !’ आमा उताबाट भन्नुहुन्छ।
आमा म यहाँ ठिक छु। बुद्धि विवेकले भ्याएसम्म सक्दाे सावधानी अपनाएको छु। Covid19 खाेज्दै झम्टिन आउदैन भन्ने पनि थाहा छ। त्यसैले सक्दाे काेठामै बस्ने काेसिस गरिरहेकाे छु।
लकडाउनकाे आज यहाँ मलेसियामा २० अाै दिन भाे। कम्पनिकाे गेट छाडेर बाहिर नगएको त झन्डै महिना दिन हुन लाग्याे! तर पनि घरमा बुझाउनै गार्हो! हुन त अघि-पछि हामी नहुँदाकाे अभाव बा,आमा आफन्तलाई खट्किन्छ । अझ याे बेला त साँच्चै मन कसरी बुझ्दाे हाे र!
००००
यसबिचमा आफूलाई सक्दाे सन्तुलनमा राख्ने काेसिस गरिरहेको छु।सकभर नराम्रा खबर सुन्न नपरे हुन्थ्यो भनेर हर क्षण साेचिरहन्छु। तर खबर त सबैलाई थाहाै छ! चैतमासकाे डढेलाे झै covid19काे संक्रमण विश्वभर बढेको बढेकै छ।कामना गर्छु,याे अब यही राेकियाेस्।
छिट्टै पहिलेकै जस्तै हाेस्। सबैतिर उस्तै चहलपहल हाेस्!सबले ढुक्कसँग शान्तिकाे सास फेर्न पाउन्।
मीन राज विश्वकर्मा
अर्घाखाँची
हाल मलेसिया