लेखनमा रुची भएको मान्छे त होइन तर सबै जनाको लक डाउन डायरी पढेर केही शब्द कोर्न मन लाग्यो ।
व्यस्त शहर जापानमा पनि कोरोनाको प्रभाव देखिन थालेको छ । सँधै कोच्चिएर चढ्नु पर्ने ट्रेन अहिले खुकुलो भएको छ । पर्यटक स्थल ,रेस्टुँरा, सुपर मार्केट सबैमा मान्छेको चाप कम देखिन्छ ।
मैले काम गर्ने पुरानो सभ्यताको जापानीज होटेलमा पनि ग्राहकहरु घटेका छन् । अलि फुर्सदिलो भएको छु ।धेरै खानपानले तौल पनि ४ किलो बढेछ। धेरै समय हुँदा पनि उकुस मुकुस हुने रहेछ । त्यसमाथि एक्लो बसाइ । घरमा बहिनीसंग नि कति बेला बोल्ने भन्ने हुने। उसको नि आफ्नै कामले फुर्सदै हुन्न । अझ बच्चाको आमा भएपछि झनै समय नमिल्ने रहेछ । फेरि सबैसंग सबै कुरा गर्न पनि नसकिने …….सियो बनेर पस्ने अनि स्वार्थ पुरा भए पछि हात्ति बनेर निस्कनेको कमी छैन यहॉ पनि ।
त्यसैले, अनावश्यक गफिनु भन्दा बरू यो समयको सदुपयोग गर्न, सिक्दा सिक्दै बिच्चमै छोडेको गितार सिक्न थालेको छु । हाँस्य कार्यक्रम हेर्ने, मन मिल्ने साथीसंगीसंग मीठो मीठो गफ गर्ने । अनि केही कुरामा चित्त नबुझेर मनमा कुरा खेल्न थाल्यो भने हेर्ने कथाको प्रेरणादायी अंकहरु हेर्ने र नयॉ जाँगर निकाल्ने । यस्तैमा बित्दैछ मेरा दिनहरु ।
अहिले त झन् सानो उफर पनि किनेको छु। मन परेको गीतहरु युट्युवमा खोजी खोजी ठूलो आवाजमा बजाएर आनन्द लिन्छु ।मन परेको गीतसंगीत सुन्दा दिक्क र पट्यार लाग्दा क्षण कटेको थाहा नहुँदो रहेछ ।
अन्तिममा, अब अझै कोरोना पिडित संसारमा नबढुन र संक्रमितहरु छिट्टै स्वस्थ बनुन् भन्ने कामना गर्दछु ।