लकडाउनले म लगायत धेरैको दैनिकी फेरिएको छ। म कर्मथलोबाट जन्मथलो फर्किएको छु । मेरो घर तराईमा पर्छ। गाउँघरका मान्छेहरु खेतबारीको काम गर्न अनि गाईवस्तु चराउने सिलसिलामा घर बाहिर निस्किरहनु पर्ने हुनाले यता मान्छेहरुको चहलपहल भैरहन्छ।
लकडाउनले देशका धेरैजसो मानिसहरु घरमै अर्थात एकान्तवासमा छन् । यसले थुप्रै क्षेत्रहरुमा प्रत्यक्ष असर पारेको छ। सुरुमा सरकारले लकडाउन घोषणा गर्दा, देशका नागरिक अनभिज्ञ थिए । म पनि अनभिज्ञ नै थिए । अहिले लकडाउन के हो भन्ने कुरा प्रायः सबैले बुझेका छन्। अत्यावश्यक काम बाहेक अरुबेला घर बाहिर निस्कन नपाए पनि नियालेर हेर्दा केही सामाजिक कुरामा भने सकारात्मक प्रभाव पारेको देखिन्छ ।
धेरैजसो व्यस्त हुने मानिसहरु घरमै परिवारसँग बस्दा परिवारमा खुशीको माहोल हुनेनै भयो । यस्तो अवस्थामा पारिवारका सदस्य छलफल गर्न पनि सजिलो भएको छ। मान्छेहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै आफूलाई मन पर्ने विभिन्न परिकारहरु घरमै बनाएर खाएको सामाजिक संजालका पोस्टहरुमा देखिन्छ।
यसरी घरमा विभिन्न परिकारहरु बनाउँदा परिवारका सदस्य तथा बालबालिकाहरुले केही सिक्ने मौका पाएका छन् । यतिमात्रै होइन बालबालिकाहरु घरमै बस्दा अन्य कुराहरु पनि सिकेका छन् । जस्तै चित्रकला, नृत्यकला आदि। लकडाउनले मानिसहरु घरमै सिमित हुँदा घर आँगनको सरसफाइ तथा सानोतिनो मर्मत सम्भारमा पनि ध्यान दिएको पाइन्छ।
हाम्रो गाउँतिर कसै कसैले आफ्नो घरमा फूल बगैँचा पनि बनाएका छन । अरुबेला व्यस्त भएर पढ्न नपाएकाहरु यो बेला पुस्तक पढिरहेका भेटिछन्। सृजनात्मक तथा रचनात्मक काम गर्नेहरुले पनि यो समयको सदुपयोग गरिरहेको देख्छु गाउँमा।
मेरो दैनिकी पनि यस्तै यस्तैमा बितिरहेको छ। अहिले म हेर्ने कथको सम्पूर्ण भागहरु पुनः हेरिरहेको छु। यो समयमा सबैले हेर्ने कथाका प्रेरणादायी कथाहरु आफूले हेरिसके पनि परिवारका सदस्यहरुलाई देखाउन सक्नुहुनेछ ।
तपाईंहरु जहाँ हुनुहुन्छ, सुरक्षित साथ रहनु होला। स्वास्थको ख्याल राख्दै यो लकडाउनको समय सृजनात्मक बनाउनुहोला।
हिमाल पराजुली
कोल्हबी-४ बारा
No responses yet