म यति बेला मलेसियामा छु।मलेसिया सरकारले मार्च १८ तारिखदेखि मार्च ३१ तारिखसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ। दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ।
हामी होस्टेलमा क्वारेनटाईनमा छो। बहुत गाह्रो छ समय बिताउन तर पनि यहाँको जनताले सरकारको आदेश, नीतिनियमलाई अवज्ञा गर्दैनन् । असल जनता छन्।
आफ्नो भन्दा पनि स्वदेशमा रहेका परिवारको चिन्ता लाग्छ। फेरि हाम्रा नेपालीहरु उस्तै छन् । बन्द कस्तो भयो भनेर मजाक गर्दै बाहिर हिँडिरहेका पनि देखियो। जे होस मलेसियाको लकडाउन नेपालको जस्तो फितलो छैन। खैर अब विदेशमा भए पनि देशको कुरा गरोै।
नेपाली जनतालाई त कोरोनाले छाडेन सरकारलाई नलागोस् कामना गर्छु। अन्य देशका सरकारका प्रतिनिधी, राष्ट्रपति, मन्त्रीमा पनि सङक्रमण देखियो । तर नेपालमा सरकारका प्रतिनिधिहरु अझै सुरक्षित छन् । आदेश दिएको भरमा प्रभावकारी काम गर्न सक्छन्। कोरोना सङ्क्रमण भए झैं मौन बस्न भएन नि ।
मानिसलाई कोरोनाको भन्दा भोकको डर ज्यादा छ । यो देशमा लाखौं श्रमिकको पीडा – बिहान काम नगरे बेलुका माम नपाईने। जति लुकाउन छिपाउन खोजे पनि वास्तविकता यही हो।
श्रमिकको हकहितका निमित्त भनेर नारा बोकेर हिँडेका नेताहरु अर्बपति भए, चिल्ला गाडी चढ्ने हैसियत बनाए। पेट फुट्ला जस्तो गरि मोटाए, टलक्क अनुहार चम्काए। तर श्रमिकको अवस्था उहि छ। यो गुनासो पछि गर्दै गरौंला।
अहिलेलाई कोरोना आतंक छ । जसरी पनि कोरोनासँग लडौंला । भोकसँग लड्ने व्यवस्था सरकारले गर्दिनु पर्यो।
हिजोआज हाम्रो काम घर भित्र बसेर मानिसको मृत्य गन्नु भएको छ । संसारभरि कहाँ कति मरे । हामीले लापरबाही गर्यौं भने हामी पनि ‘अंक’ हुन धेरै बेर लाग्दैन ।
त्यसैले घमण्ड चाहिँ एकरति नगरौं! “म बलियो छु, मलाई केहि हुँदैन” भन्ने भ्रमबाट माथि उठौं । जति सक्दो सुरक्षित रहने प्रयास गरौं।अझै पनि समय छ। यो समस्यासँग भागेर जित्न सकिन्न कसैलाई कोरोनाको लक्षण देखिए खुलेर भनौं । कुनै अपराध गरे जस्तो लुक्ने हैन।
धैर्यताको बाँध बलियो बनाएर सुरक्षित हुनुको विकल्प पनि छैन।
बिहान उठेदेखि बेलुका नसुत्दा सम्म उही कोरोना कोरोना! मानिसहरु आजित छन्।
सारा विश्व यति बेला कोरोनासँग प्रतिकार गरिरहेको छ। शक्तिशाली देशहरु, प्रविधिमा नेपाल भन्दा कयौं गुणा फड्को मारेका देशहरु, यतिबेला पीडाको आँशुमा डुबेका छन् । त्यसैले हामी नेपालीसँग सक्दो सुरक्षित हुनुबाहेक अन्य बच्ने उपाए केही छैन।
नेपालमा चार पाँच जनामा कोरोना देखियो। बल्ल सबको होश खुले झैं भयो । अहिले डरत्रासमा छन्। यो डर दश दिनअगाडि मात्र मानिसमा देखिएको भए पनि धेरै राहत हुने थियो।
हालसम्म सङ्क्रमण भएका ब्यक्ति विदेशबाट आएका भनिएको छ ।
सुरुवातदेखि नै बाहिरबाट आउनेलाई क्वारेनटाईनमा राख्ने ब्यवस्था भएको भए यो त्रास हुने थिएन कि। जो सङ्क्रमित भनेर अहिले भनिरहेका छन् तिनिहरु कहाँ कहाँ गए? क- कसलाई भेटे? समयमा सावधानी नअपनाउनुको कारण थप चुनोैति ब्यहोर्नु परेको छ।
समयमा सचेत हुन हामीलाई मात्र हैन विश्वलाई नै ईटालीले सन्देश दिईरहेको थियो। “हामी त यो माहामारीमा फस्यौं तपाईहरु सावधानी अपनाउनुस्” उसले चिच्याईरहेको थियो। कसैले सुन्ने चेष्टा गरेनन्। सुरुवातमा हामीले हाम्रो देशमा आउँदैन भन्ने सोचेका थियौ। आईसक्दा पनि यसले हामीलाई छुँदैन भन्ने किसिमको दम्भ थियो।
अलिकति छनक पाउने वितिक्कै लकडाउन लगायतका सावधानी अपनाउने देशहरुको मृत्युदर निकै कम छ।
( म हेर्ने कथाको नियमित दर्शक हुँ। हेर्ने कथामा डायरी पढेपछि मैले पनि प्रयास गरेको हुँ।)
One response
Dharai nai Ramro xa yo dairi hajur