Gajendra Sir playing football with kids

हेर्ने कथाको अंक १७ मा आज बेलुकी ९ बजे गजेन्द्र सरको कथा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ । 

सँधै झैं राति ९ बजे हेर्ने कथाको यो अंक पनि हेर्न पाइन्छ । यसपटकदेखि भने तपाईंले टेलिभिजनमा प्रत्यक्ष हेरे झैं हेर्न कथा प्रिमियर हेर्न सक्नुहुन्छ । जसरी युट्युबमा तपाईं अरु लाइभ स्ट्रिमिङ भिडियोहरु हेर्नुहुन्छ ।

कार्यक्रम हेर्दा हेर्दै तपाईं मनमा लागेका कुरा लाइभ कमेन्टमार्फत व्यक्त गर्न सक्नुहुन्छ । लाइभ च्याटमा हामी पनि सहभागी हुनेछौं । कार्यक्रम सुरु हुनुभन्दा अगाडिदेखि नै लाइभ च्याटमा सहभागी हुन सकिन्छ । 

भरे बेलुकी प्रसारण हुने कथाको प्रिमियर लिङक अहिलेदेखि नै उपलब्ध छ । तपाईं अहिले नै यो लिङक शेयर गर्न सक्नुहुन्छ । प्रिमियर पेजमा नोटिफिकेसनकको आइकन (Set Reminder) थिच्नुभयो भने कार्यक्रम प्रसारण हुनु २ मिनेट अघि तपाईंलाई जानकारी आउनेछ । 

हेर्ने कथाका युट्युबमा राखिएका भिडियोहरुमा तपाईंले विज्ञापनहरु त बेला बेलामा देख्नु भएकै होला । अब तपाईंले लाईभ कमेन्टमा सहभागी हुँदा पनि आफ्नो कमेन्ट हाइलाइट गर्नको लागि सुपर च्याट खरिद गर्न सक्नुहुन्छ ।

हेर्ने कथाको अंक सक्किएपछि सँधै झैं हाम्रो च्यानलमै उक्त अंक रहिरहनेछ ।  फुर्सदमा फेरि हेर्ने कथा हेर्न र हेराउन सक्नुहुन्छ ।

के हो प्रिमियर 

YouTube premieres is a feature that lets you and your viewers watch and experience a new video together, much like a movie or TV show premiere. Premiering your video allows you to schedule a video upload and to create buzz around the video with a shareable watch page.

युट्युबको यस नयाँ प्रिमियर फिचरबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस्

के हो सुपर च्याट?

Enabling Super Chat lets your viewers purchase chat messages to highlight their messages and standout in chat. You can enable Super Chat and chat with viewers before and during the premiere.

सुपर च्याटबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस्

र अन्त्यमा

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply