एक्लो कथा

हेर्ने कथामा अहिलेसम्मका अंकहरुमा एक्लो कथा ले केही रेकर्डहरु तोड्यो । पहिलो सबैभन्दा छिटो १ लाख पटक हेरिने कथा । दोस्रो अहिलेसम्म सबैभन्दा धेरै कमेन्ट गरिएको कथा । 

यो लेखिरहँदा एक्लो कथामा युट्युबमा मात्र  १७ सय ५० कमेन्ट छन् । फेसबुकट्वीटरमा पनि सयौं भावनाहरु शब्दमा पोखिएका छन्  ।

हामीले लगभग सबै कमेन्ट पढ्यौं । यो कथामा मात्र होइन यसअघिका कथा पनि प्रसारण भएको भोलिपल्ट हाम्रो टोलिको दिनभरिको काम दर्शकका प्रतिक्रिया पढ्ने नै हुन्छ  ।हामी थाहा पाउन उत्सुक हुन्छौं हाम्रा कथा र कथाका पात्रले दर्शकलाई कहाँनिर कसरि छोयो भनेर  ।

साजन विकको ‘एक्लो कथामा’ आएका कमेन्टमा अधिकांश दर्शकहरुले कथा हेर्दा हेर्दै धेरै रोएँ भनेर लेख्नु भएको छ । अनि उत्तिकै धेरैले साजनप्रति माया शुभेच्छा र सद्भावका शब्दहरु खर्चिनु भएको छ  ।कतिपयले साजनको टिभी बनाइदिन्छु मोबाइल किन्दिन्छु भेट्न चाहन्छु भनेर पनि लेख्नु भएको छ ।

थुप्रै प्रतिक्रियाहरु असाध्यै मिठा छन् । भावुक बनाउने खालका छन् । कतिपयले आफ्नै जिन्दगीका भोगाइहरु साट्नु भएको छ । 

युट्युब फेसबुक र ट्वीटरमा आएका प्रतिक्रियाहरुबाट हामीले केही प्रतिक्रिया छानेर यहाँ राख्ने जमर्को गरेका छौं  ।

म  त १६/१७ बर्षको थिएँ।तर अलि लाटो,साेझो पाराको।त्यतिबेला मेरो स्कुल ३ घण्टाको टाढा थियो।मेरो त्याे क्षण बाध्यताले गराएको जस्तो लाग्छ अहिले सम्झिँदा।शनिबार बेलुकि डेरा पुग्ने गरि घरबाट हिँड्थे।अाईतबारदेखि शुक्रबारसम्म पढेर घर फर्किन्थेँ।पहिलो काम धान सुकाउथेँ अनि रातो माटाेको पाेतो समाएर घर पोत्न लाग्थेँ। हप्ताभरि गाउँभरिका गाईबस्तु, कुखुरा,सुँगुरले सिँगाैरी खेल्ने ठाउँ बन्दो रछ घर त।कालो माटो लगाईसकेपछि धान सुकिसक्थ्यो।भात पकायो,तरकाली छ भने पकायो।छैनभने रम्बेडा( गोलभेडा) पिँधेर खोयामा दल्थेँ अनि थालको छेउमा राखेर चाटिचुटि खान्थेँ।खाईसकेपछि धान कुट्न सुरु हुन्थ्यो।दाहिने खुट्टाले ढिकि थिच्दा देब्रे हातमा घान लगाउने ठेरी हुन्थ्यो भने देब्रे खुट्टाले  ढिकि थिच्दा दाहिने हातमा ठेरी।म भन्दा ढिकि गह्रौ भएर हाेला मेरा खुट्टाहरुले मलाई नै पछाडि धकेल्थ्याे।३ घण्टा लगातार भिडेपछि अलिलि चामल फलेर केलाउथेँ।सुरुमा चामल फल्न जानिन।पछि पछि सिपालु भईसकेको थिएँ।कुनै हप्ता पानी पर्दा (वर्षा) फुसको छानोबाट चुहिने पानीले जता चुहिन्न त्यतै अाेच्छ्यान सारी सारी  रात बित्थ्याे। हिजो लिपपोत गरेको सिकुवा बिहान उस्तै बनाउदो रँछ पानीले।चामल दाल नुन त जुटाईन्थ्यो । तर  भुटुन र मसला जुटाउन गार्हो हुँदोरछ।मैले कैलेपनि त्यो घरको फुस फेर्न सकिन। हप्तादिनपछि फर्किँदा सेती बाख्रो बाघले खाईसकेको हुँदो रछ। तिन्टा कुखुराहरु म नभएपछि हराईसकेकाे थियो। (त्याे वास्तवमा मेरो मावली  घरको २ सालको बसाई थियो)
भगवानले हेर्नेछन् भाई,अवश्य दिन अाउनेछन्।दैवको अाशिर्वाद लागोस् तिमीलाई! ठुलो मान्छे बन्नु।तिम्रो कलिलो दिमागमा खराब कुराहरु कहिले नअाउन्।एकदिन तिमीलाई भेट्न अवश्य-” म तिम्रो गाउँ अाउनेछु।

पदम मगर – युट्युब

मुटु भक्कान्नियो तैपनि सम्हाल्लिदै हेरिरहे। पहिला मैले आफ्नै विगत अनि बर्तमन सम्झिए अनि आफ्नो श्रीमती र सानी छोरी सम्झिएँ। बाध्यता र परिस्थितिले मानिसलाई कति परिपक्व बनाउछ त्यसको लेखाजोखा त समाजले राख्ला तर यति चाहिँ जानियो कि एक्लोपनले मानिसलाई आफ्नो यथार्थमा जिउन रमाउन सिकाउँदो रहेछ। 

मलाई पैसा कमाउन बिदेशिन्छु भन्ने सोच १६बर्ष को हुँदा आएको थियो तर यो भाइले त १२बर्ष कै उमेरमा ठुलो भएर पैसा कमाउन बिदेशिन्छु भन्ने सपना बुनिसकेछ त्यो पनि बिदेश मा दुख हुन्छ भन्ने जान्दाजान्दै। 

भबिस्य का कणधारहरु लाई बाल्यकाल मै यस्तो मानसिकता बनाउन बाध्य पारेर सरकार खुशी सहितको समृद्धि को परिकल्पना गर्दैछ। कस्तो होला मेरो देशको भबिस्य “भगवान”???????

नविन श्रेष्ठ – फेसबुक

“आफुसंग आफैले के गफ गर्नु,
आत्मा नि बोल्नु पर्यो नि,
दुइटा बोली आउँदैन” कास दुइटा बोली आइदिन्थ्यो भने तिम्ले एकान्तलाइ चिर्न त सक्थ्यौ । त्यै पोखरी झै जमेको तिम्रो पीडा नदि झै बगोस्। तिम्ले जिन्दगी भोगेर(परेर)बुझ्यौ।हाँस्दै कथा सुनायौ हामीले रुँदै हेर्यौ ।

उर्बशी – ट्वीटर @Ghimireurbashi5

यस्तै हो हामी नेपालीको कथा तर एउटा सानो बालक एक्लै घरमा हुनु त ! म पनि बिदेस मै छु मेरो पनि दुई बच्चा छन बुढी ले सन्सार छोडेर गइन् । यो बेला म मेरो लाला बालासङ्ग हुनु पर्ने हो । तर उनीहरुको भबिस्य हेरेर बसेको छु । जुन बध्यता हो मेरो । 

Indra Limbu – युट्युब

म पनि कुबेतमा हो र मेरो छोरा छोरी छन् । तर मेरो साथीहरुले यस्तै नै छोडेर आउनुभएको छ । झन् दिदिको एक छोरा एक छोरी हुनुहुन्छ घरमा । दुईजना बच्चा मात्रै घरमा छ । कहिले विरामी कहिले के भएर गार्हो हुन्छ । यसरी धेरै दिदि बहिनीले आप्नो छोरा छोरीलाई छोडेर विदेश आउनु भएको छ ।

Anita Glan – फेसबुक

 यो अङ्क चै “हेर्ने कथा” होइन रहेछ ! “हेर्न नसकिने कथा” रहेछ ! घाटिमा गाठो पर्यो, आँसु झर्यो ११ मिनेटमा ममिको कुरा आउँदा !

मनिष दुवाडी – ट्वीटर – @mddhading

उमेर १२ वर्ष तर कति परिपक्व बिचार । परिस्थितिले गर्दा होला । आमाले पकाको खाएर साथिहरूसंग हाँस्ने खेल्ने उमेरमा यस्तो एक्लै बस्दा बिचरोलाई कस्तो नरमाइलो लाग्दो होला । यो भिडियोले आमाले पकाको खाएर धुइ धेको लुगा लगाएर अनि अलिकति भनेको जस्तो भएन भने felling alone भनेर status लेख्ने हरुलाइ गतिलो झापड हानेको छ । Thumbs up babu 👍👍👍 you are a great. Be always happy god bless you😇😇

Shova Pradhan – युट्युब

म पनि परदेशमा छु,हेरेर धेरै राेए,कार्यक्रम सकुन्जेल अाँसुले सिरानी भिजिसकेको थाहै भएन,अनि बाथरुममा गएर भक्कानिएर राेईदिए।

निशा मोक्तान – फेसबुक

जिन्दगि हौसला, आत्माबिश्वासले जिउन सकिन्छ
तिमिले सिकायौ हामीलाई
हास्दै दिनचर्या सुनायौ तिमीले
रुदै तिम्रो मन्द मुस्कान सहित लुकेको मनको पिडा सुन्यौं हामीले
छिटै तिम्रो दिनचर्यामा घाम आओस ‘साजन’ भाई
तिमीलाई सलाम छ भाई

कबिराज – ट्वीटर – @careful_kta

बाबु तिमीले धेरै संघर्षका पहाडहरु चढ्नु छ
अझै धेरै लड्नु छ अनि फेरि उठ्नुछ
धेरै पढ्नुछ अनि धेरै अगाडि बढ्नु छ 
परिवर्तन अवश्य आउनेछ 
दाईहरु घर फर्किने छन् 
अनि तिम्रो आमा धेरै मिठाईको पोको बोकेर आउनुहुनेछ एकदिन 
खुशीका पलहरु फेरि आउनेछ 
बाबाका ती आशीर्वादका हातहरु सधै तिम्रो शीरमाथि हुनेछ ।

Dandy Walker – युट्युब

सार्है मार्मिक आजको हेर्ने कथा हेर्दा हेर्दै आँखाबाट आँसु बगेको थाहा नै भएन । अनि बाबुको स्वर नि कत्ति मिठो । आफ्नो परिवारबाट टाढा हुँदाको पिडा अनुभव गरेको छु । यो कार्यक्रम हेरिरहदा मलाई पनि मेरो नानीहरुको याद आयो । रहर त कसलाई हुन्छ र परदेश आउनु । बाध्यता हुन्छ । 

सीता प्रधान खत्री – फेसबुक

यी साना बालकको न्यास्रोको कस्टमा हाम्रो राज्य चल्छ ।
हेरौं उ कसको हितमा चल्छ  ।

सरला गौतम – ट्वीटर @saralagautam1

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply