उपचार पनि ‘हाेम डेलिभरी’ भए…

आजभोलि मान्छेहरू चुरोटको धुवाँ उडाएर सडकमा धुँलोबाट बच्न मास्क लगाएको देख्न पाइँदैन। बरू कोरोनाबाट बच्न मास्क लगाएको देख्न पाइन्छ। भट्टीमा टन्न रक्सी खाएर लड्बडाउँदै सडकको नालीमा सुतेको पनि देख्न पाइँदैन। न भेटिइन्छन् अँगालो हालेर सडकमा हिँड्ने प्रेमील जोडिहरू। आफ्नो जीवनको गति भन्दा तिव्र गतिमा हुइकँने मोटरहरूले आराम गरेका छन्। सहरमा उज्यालो हुन नपाउँदै मध्यरात सम्म …

म थाकेँ

९ महीना आमाको कोखमा बस्दा बस्दा थाकेर म यो धर्तीमा जन्मिएको थिए। आमा को दुध खाँदा खाँदै थाकेपछि मैले पहिलो पटक अन्न खान सुरू गरेँ। बाल्यकाल कहिले बाबाको काँधमा पिसाब फेरेर र कहिले मायाले काखमा राखिरहेकाहरूको कपडा पहेँलै बनाएर, कहिले हाँसेर त कहिले रोएर, घरमा अनेक रमाइला र उटपट्यांग गर्दा गर्दै थाकेर म मेरा कलिला …

मेराे अनलाइन कक्षा

कोभिड १९ ले हाल संसारभरि नै असर गरी रहँदा यसबाट प्रभावित हुने विभिन्न क्षेत्रहरु मध्ये महत्वपूर्ण एक  शिक्षा पनि हो । भर्खर सुरु भएको हाम्रो स्नातकोत्तर तहको पहिलो सेमेस्टरको कक्षा के हुन्छ होला? क्याम्पस लाग्छ कि बन्द हुन्छ? पठनपाठन के हुने हो? जस्ता प्रश्नहरु मनमा उब्जिरहेका थिए। स्नातक तह उत्तिर्ण भइसकेपछि स्नातकोत्तर तह यानेकि मास्टर …

पङ्ख

घरबाट टाढा आफ्नो सपनालाई पंख दिन गएका ती हजार पढन्ते,जागिरेहरू यो लकडाउन अगावै घर फर्कन पाए पाएनन् कुन्नि! तर म चाहिँ घर आइपुग्न भ्याए। यो कठिन समयमा सबै सँगै भएर बस्नु पर्ने घडीमा रहले टाढा भएका त भै हाले तर नजिकै भए पनि अहिलेको यो अवस्थाले गर्दा परिवारका सदस्यहरूकाे सामिप्यताबाट टाढा रहनु परेको छ। यो …

तारा झैँ छरपष्ट सपना

भोका पेट!!अक्सर यी रातहरुमा म एक्लै हुनेगर्छु! कथा सुनिदिने, सुनाउने मान्छे नि छैन। जसोतसो दिन त यतिकै बित्छ, तर रात? रात एकदम कष्टकर, सुतौँ निद्रा लाग्दैन, नसुतौँ अनेकौं प्रश्नले सताउँछ। यी रातमा मुख भन्दा बढी आँखा र मन बोल्ने रहेछन्।पीडाको सागरबाट बगेर पनि यही सिरानीमा सकिन्छ। सुने पनि नसुने पनि यहीँ चार भित्ता हुन्, कान …

२२ घण्टे कर्फ्यु

न हरेक बिहान चाँडो उठेर नुहाई धुवाई गर्नु हतार छ। न त बेलुकी फ्रीजमा राखेको खानलाई टिफिन बक्समा राख्नलाई आतुर छौँ । न गाडी  नै छुट्छ कि भन्ने चिन्ता। न त आज बोसको भिजिटर धेरै आउँछ कि भन्ने त्रास नै। हप्तामा आउने बिदाको पर्खाइमा बस्ने म हरेक दिन छुट्टी मनाउँदैछु । तर आजभोलि छुट्टी धेरै …

आकाश कस्तो थियो ?

सधैँ बसन्तले नवीनता भित्र्याउन सक्दो रहेनछ। अहिलेको बसन्त उदारहण बनेर बसेको छ। यो बर्ष हामीलाई एउटा यस्तो दुःखद परिस्थितिको सामाना गर्नुपरेको छ । जुन सायद कालन्तरमा सबैलाई याद रहनेछ। बिए. सि एजिमा आफ्नो शिक्षा र भविष्य खोज्ने म अहिले लकडाउनमा आफूले माटो विषय पढ्नुको फाइदाजनक कुराहरू खुब नजिकबाट नियाल्ने अवसर पाएको छु। करिब करिब १६ …

चुनुमुनु

पेसाको हिसाबले म ड्राइभर। समय र परिस्थिति पनि कस्तो भएर आइ दियो भने जब म साउदीमा थिए। ४ वर्ष लगाएर दुःख सुख एउटा घर बनेको थियो। घर बनाइसके पछि खुसीले गदगद हुँदै छुट्टी म घर गकाे थिए। झ्याल ढोका थुन्दै थिए। डकर्मीहरुलाई विदाइ गरेर सुतेर बिहान उठेर नास्ता खाँदै थियो। भुइँचालोले सब खुसी छिन्याे। मेराे …

हजुरआमाको सम्झना

“हल्लो नानी सन्चै छौ?”  “नमस्ते आमा, ठिक छ अनि हजुर!” “त्यहीँ त हो यो घुँडा दुख्ने समस्याले कहिल्यै नछोड्ने भयो,कोरोना हो कि के आछ अरे बाहिर फेर ननिस्क है। गाडी नि बन्द भयो अरे नत्र यही आए हुन्थ्याे” म झसङ्ग बिउँझिए “ओहो! सपना पो रहेछ।’ आँखा भरि आँशु आयो। हजुरआमालाई सस्झिएर !  हन, यो कस्तो माया …

डामाडाेल पढाइ

ओहो ! आज त लकडाउन भएको पनि ५१ औँ दिन पो भइसकेछ त। यति लामो बिदा त धेरै विद्यार्थी र कर्मचारीलाई सायदै पहिलो पटक भयाे। हुन त यति बिदा म जस्तो विद्यार्थी अर्थात एक सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि नौलो भने होइन। म त घर आएको पनि ५ महिना पूरा भएर ६ महिना लागिसकेछ। म …

सिरियस्ली!

स्नातक तेस्रो वर्षको फाइनल परीक्षा नजिकदै थियाे। कोर्स सकिएको थिएन। त्यसैले हामीले एक्सट्रा क्लासको व्यवस्था गर्नको लागि डिपार्टमेन्ट प्रमुखलाई पत्र पठाएका थियौं। सरले पनि केही दिनमा सबै प्रबन्ध मिलाउने कुरा बताउनु भएको थियो। हामी परीक्षा कै तयारीमा थियौं।  यसैबीच कोभिड-१९ अर्थात कोरोना भाइरस सुरू भो चाइनामा। म जान्ने भएदेखि कुनै पनि यस्ता भाइसहरुको हल्ला सुनिएको …

पूर्णविराम।

पेशाको हिसाबले म केटाकेटी पढाउँदै हिडेँको एक शिक्षक हुँ। विगत चार वर्षदेखि म काठमाण्डौँको मुटु न्युरोडमा अवस्थित एक सरकारी विद्यालयमा पढाउँदैछु। दुर्गम गाउँमा जन्मिएर मुस्किलले शिक्षा आर्जन गर्दै करिब आधा दशक पिछडिएका गाउँ बस्तीहरुका विभिन्न विद्यालयमा पढाएपछि देशको राजधानी काठमाण्डौको शिक्षक हुने साैभाग्य मिलेको थियो। आर्थिक, सामाजिक र शैक्षिक धरातलको असाध्यै पिंधबाट आएको मान्छे म। उच्च शिक्षा …

उल्टाे चप्पल

आजकाल म चराहरूसित गुनासो गर्छु। मलाई चरासँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु। म कुकुरहरूसँग गनासो गर्छु। मलाई कुकुरसँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु। केही काम नभए घरमा बस्नु जस्तो मजा संसारमा अन्त कतै आउँदैन। तर होइन रहेछ। आफू बस्ने कोठा पनि वा आफू बस्ने घर पनि यतिसम्म दिग्दारलाग्दो बन्छ? सायदै कसैले …

बन्दले मामाघरै

मेरो पुर्ख्यौली घर दैलेख जिल्लाको आठबिस नगरपालिका हो। म पढ्नकाे लागि ममीसँग सुर्खेतमा बस्छु। मेरो घरमा हजुरबुबा, हजुर आमा, बाबा,मामु, भाइबहिनी, काकाहरु, काकीहरु र फूपू हुनुहुन्छ। मेरो बाबा गाउँको स्कुलमा बिज्ञान बिषय पढाउनु हुन्छ। म सुर्खेतमै बसेर पढ्छु।  कक्षा २ को एउटा परीक्षा बाँकी नै थियाे। तर बिद्यालय बन्द भयाे। त्यसपछि बाबा, मामु र म मामाघर …

राईली दिदी

देश लकडाउनमा फसेको ५० दिन पुग्यो। दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामी संयमित र सजग हुन जरुरी छ। देश लकडाउनमा भएपनि हाम्रो दिमाग लकडाउनमा छैन।दिमागको अनन्त शक्तिलाई पूर्ण प्रयोग गर्न मैले बुझेसम्म अलि कठिन नै कार्य हो। लकडाउनकै प्रसङ्गमा बिगतका कुरा गरौँ। सन १६६५ मा लन्डन शहरमा बुबोनिक प्लेग भन्ने रोगको महामारी फैलियाे। कलेजकाे पढाइ बन्द …

आर. जे. उमेश

जिन्दगीले पनि नसोचिकन अनौठो कोल्टे फेर्छ। सानै देखि एउटा असल अनि कुशल सञ्चारकर्मी हुने धोको यो मनको कुनामा खोपिएको थियो। आफ्नो लगाव र मेहनतले एस एल सि दिएको ३ महिने छुट्टीमा म सञ्चार माध्यममा काम गर्ने भैसकेको थिए। ११-१२ पत्रकारिता पढ्दै काम गर्दै गरेँ। रमाइलो थियो त्यो पल जब घरको जिम्मेवारी म माथि थिएन। तर जब …

याद गर् त!

यो बन्दाबन्दीको समयमा घरमै थन्केर ,लामा कपाल झुस्स दारी कालो अनुहारसँगै  फुर्सदिलो जिन्दगीमा त्यही पुरानो सम्झनाको वाल्यकालमा फर्केर केही शब्द कोर्न मन लाग्यो साथी, तिमीहरुको यादमा। याद गर त साथी! त्यो गाउँको चौतारीमा सँगै बसेर हरेक दिन बेलुका लगाएका गफहरु, साथमा थिएन मोवाईल। थियो त केवल समय। अनि त्यो मोजाका बलहरु बनाएर सँगै खेलेका दिनहरु, …

बाबाकाे जाँगर

भनिन्छ जीवन एउटा मिठाे भ्रम हाे अनि मृत्यु यसकाे शास्वत सत्य। एकदिन मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि जीवन प्रतिको माेह कहिले सकिँदैन। बरू बढ्दै जान्छ । त्यही भएर त हाेला नि अहिले सारा दुनियाँ धन-एश्वर्य कमाउन छाेडेर प्राणरक्षाका निम्ति भूमिगत भएकाे छ। लकडाउन। क्वारेन्टाइन। इमानदारीपूर्वक भन्नुपर्दा याे काेराेनाकाे कहर अघिसम्म यी शब्दसँग चिनजान नै थिएन …

चिउरा, दालमोठ र ड्युटी

म नेपाल प्रहरी संगठनको प्रहरी कर्मचारी। २०७६ चैत्र १० गते देखि नेपाल सरकारले लकडाउन घोषणा गर्यो। लकडाउन घोषणा हुनासाथ सम्पूर्ण सरकारी गैर सरकारी वित्तीय सघं संस्था उद्योग कलकारखाना शिक्षण संस्था बन्द भए। कर्मचारी बिदामा बस्ने भए। प्रहरी कर्मचारीको ड्युटी झन बढ्यो। ड्युटी मात्र बढेन आफन्त इष्टमित्रलाई  चिन्ता पनि बढ्यो। देशमा  परेको संकटसँग जुध्न  प्रहरी कर्मचारी कहिले …

मानवरुपी डायरी

मैले डायरी नपल्टाएको धेरै वर्ष भएछ। लेखुँ पनि के लेखुँ। हुन त आजभोलि मनमा कुरा धेरै छन् , तर त्यसलाई बुझाउन सक्ने शब्द कम। सानो हुदाँ डायरीका पानामा चित्र समेत कोर्थे, आजभोलि भने कालो मसीले पनि ठाउँ पाएन। जीवनका अनगिन्ती बिर्सन नसक्ने यादहरुलाई लेख्न मन लाग्छ, तर कसैले मनमा चलेका सबै कुरा थाहा पाउने हो …

ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्

लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो। यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहँदा एकप्रकारले खुसी छु।यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा ‘घर जाने हो ? पास बनाएर जाउन/आउन’ भन्ने मेरा मित्रहरु धेरै थिए।   मन त किन नहुनु! एक्लै बस्नु भन्दा परिवारसँग बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले। जागिरको सिलसिलाले आफन्तदेखि करिब ५०० किलोमिटर दुर …

लकडाउन ‘क्रान्ति’

हाल म काठमाडौँ स्युचाटारकाे एउटा कोलोनी भित्र अस्थायी बसोबास गर्छु। कोलोनी भएकाले यहाँ राजधानीकाे अन्य स्थानको तुलनामा अलि बढी व्यबस्थित छ। घरहरु कोही भन्दा कोही कम छैनन्। सबैका घरअगाडि ठूला र पीच गरेका बाटा पुगेका छन्। पानीको असुविधा छैन। यसको मतलब यहाँ घर भएका अधिकांशहरुको आर्थिक हैसियत राम्रै छ। मेरो घर पछाडि करोडौं मूल्यको रोपनी …

‘सुपारी’ गाई

नाम जस्तै चाम्रो र टर्रो थिएथ्यो उसको व्यबहार पनि। उसो त चाम्रो र टर्राेलाई नराम्रो भन्न भने मिल्दैन । चाैरमा चर्ने नियमलाई कतिखेर छिर्कने मारेर खरबारीमा बालीघाँस चोरी खान पुग्थ्यो स्वयं गोठालोलाई थाहा हुँदैनथियो। दाम्लो घाँटीबाट जब गोठालाले निकालेर बनमा चराउन लैजान्थ्यो तब उ निर्बाध स्वतन्त्रताको खोजिमा हिड्थ्यो। उसको मनले चिताएको र दृष्टिले देखेको ठाउँ …

काम, झोला र म

मेरो घर अगाडि हुँदै गएको सिद्धार्थ राजमार्गले मलाई खाेजिरहेकाे होला! दिनहुँ आउने मान्छे किन आएन भनेर। मेरो मोटरसाइकल दिनहुँ कुदिरहन्थ्यो, तर नचलेको धेरै भयो। मलाई किन चलाएकोे छैन भन्दो हो त्यसले पनि। निराश हुँदो हो कि खुसी हुँदाे हाे ! मौन एकै ठाउँमा बस्दो हो। त्यो झोला दिनहुँ बोक्ने गर्थें, जसको फिताले आज मलाई किन …